Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राष्ट्र बैंकमा ६७ जनाका लागि जागिरको अवसर

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६७ जना कर्मचारी भर्ना गर्न दरखास्त आह्वान गरेको छ। शुक्रबार सूचना प्रकाशन गरी राष्ट्र बैंकले अधिकृत तृतीय श्रेणीको सहायक निर्देशकदेखि द्वितीय श्रेणीको सहायकसम्म ६७ जना कर्मचारी माग गरेको हो। सूचनाअनुसार अधिकृत तृतीय श्रेणीको सहायक निर्देशक १९, लेखा तथा लेखापरीक्षणतर्फ अधिकृत तृतीय श्रेणीका ५, वाणिज्य कानुनतर्फ २, सूचना प्रविधितर्फ ६ जना राष्ट्र बैंकलाई आवश्यक परेको हो। यसैगरी सहायक द्वितीय श्रेणीअन्तर्गत कानुनतर्फ ४ र सूचना प्रविधितर्फ ११ जना कर्मचारी चाहिएको राष्ट्र बैंकले सूचनामा लेखेको छ। इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले राष्ट्र बैंकको अनलाइनमार्फत यही पुस २६ गतेभित्र दरखास्त दिन सकिने बैंकले जनाएको छ।


सम्बन्धित समाचार

दमौलीमा मध्यराति भीषण आगलागी

२०८१ जेष्ठ ७

ताजा नेपाल

छानविन समिति नबने संसद अघि नबढ्ने

२०८१ जेष्ठ ७

ताजा नेपाल