Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
राष्ट्र बैंकले बुधबारदेखि नागरिक बचतपत्र २०८४ क ल्याउँदै, वार्षिक ब्याजदर ११.५० प्रतिशत
काठमाडौं। नेपाल राष्ट्र बैंकले ५ वर्ष अवधिको नागरिक बचतपत्र २०८४ क ल्याउने भएको छ। आगामी बुधबारदेखि बचतपत्रको बिक्री खुलाउने भएको हो।
राष्ट्र बैंकका अनुसार उक्त बचतपत्रको आकार २ अर्ब ५० करोड बराबरको छ भने वार्षिक व्याजदर ११.५० प्रतिशत छ। ब्याज ६.६ महिनामा भुक्तानी हुने उल्लेख छ। बचतपत्र नेपाली नागरिकले मात्र खरिद गर्न पाउनेछन्।
बैंकका अनुसार उक्त बचतपत्रमा न्यूनतम १० हजार रुपैयाँ र अधिकतम कुल निष्कासन रकमको १० हजारले भाग गर्दा निस्शेष भाग जाने अंकमा जति पनि खरिद आवेदन दिन सकिन्छ।
यस बचतपत्र खरिदका लागि इच्छुक खरिदकर्ताले नेपाल राष्ट्र बैंकको वेबसाइट अन्तर्गत मनिटरी म्यानेजमेन्टभित्र रहेको अनलाइन प्रणालीमार्फत आवेदन पेस गर्न सक्नेछन्।
राष्ट्र बैंकका अनुसार नागरिक बचतपत्र मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो।
अर्थतन्त्रमा छरिएर रहेको स(सानो बचत रकम एकीकृत गरी परिचालन गर्न सर्वसाधारणलाई उचित प्रतिफलसहितको लगानी अवसर पनि हुने भएकाले राष्ट्र बैंकले बणडहरु जारी गर्ने गरेको छ।
नागरिक बचतपत्रमा लगानी गर्दा ६.६ महिनामा ब्याज पाइनुका साथै चाहेको समयमा बिक्री गर्न वा धितो राखी कर्जा लिन सकिने, लगानी रकमको जोखिम नहुने लगायतका फाइदाहरु हुन्छन्।
२०८३ जेष्ठ ८
ताजा नेपाल
२०८३ जेष्ठ ८
ताजा नेपाल