Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राष्ट्र बैंकले २० अर्बको रिपो जारी गर्ने

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने बताएको छ । बैंकले बजारको तरलता अभावको समस्या सम्बोधनका लागि कार्तिक २५ गतेदेखि १४ दिनका लागि सर्ट टाइम लोन जारी गर्न लागेको हो ।

कात्तिक २५ गते जारी हुने यस रिपो आगामी मंसिर ९ गते परिपक्‍व हुने बताइन्छ । इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुले रित पुर्याएर अनलाइनमार्फत नै रिपोका लागि आवेदन दिन सक्नेछन् । तर, सबैभन्दा बढी ब्याजदर अफर गर्नेबाट क्रमशः रिपो प्रदान गरिने भएको छ ।

केन्द्रीय बैंकले बजारमा तरलताको अभावमा रिपोमार्फत पैसा पठाउने गर्छ भने अधिक तरलताको अवस्थामा रिभर्स रिपो मार्फत पैसा उठाउने गर्छ । पछिल्लो समय बजारको तरलता अभावको समस्यालाई हल गर्न बैंकले रिपो मार्फत बजारमा पैसा पठाउँदै आएको छ ।


सम्बन्धित समाचार