Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेको पक्षमा आन्दोलन गर्ने रास्वपाका सांसदहरुविरुद्ध अदालतको अवहेलना मुद्धा दर्ता हुने भएको छ ।
मंगलबार सर्वोच्चका न्यायाधीश विनोद शर्माको इजलासले यसअघि सर्वोच्च प्रशासनबाट दरपिठ गरेको निवेदन दर्ता गर्न आदेश गरेको हो ।
अधिवक्ता अनुपम भट्टराईले अनुसन्धानमा रहेको चरणमै अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र आम जनतालाई उतारेर न्याय प्रक्रियामा अवरोध गर्न खोजेको दाबी गर्दै सर्वोच्चमा अदालतको अवहेलना निवेदन पेस गरेका थिए । सो निवेदन सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको थियो । त्यसपछि अधिवक्ता भट्टराई दरपीडविरुद्ध पुन सर्वोच्चमा गएका थिए ।
सो रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश शर्माले दरपीठको आदेश बदर गरिदिएका हुन् । आदेश वदर भएसँगै रास्वपाका सांसद र पदाधिकारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता हुने भएको छ ।
अधिवक्ता भट्टराईले रास्वपाका केन्द्रीय पदाधिकारी, बागमती प्रदेशका प्रदेश सभापति र २० जना सांसदविरुद्ध अदालतको अवहेलनाको निवेदन दिएका थिए ।
२०८१ कार्तिक २८
ताजा नेपाल
२०८१ कार्तिक २८
ताजा नेपाल
२०८१ कार्तिक २८
ताजा नेपाल