Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को नेतृत्व पङ्क्तिमा पदीय ध्वाँस, हैकमवादी चरित्र, धम्कीपूर्ण व्यवहार र गुटउपगुट मौलाएको भन्दै बर्दिया जिल्लाका २१ जना नेता कार्यकर्ताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
सदरमुकाम समेत रहेको गुलरिया नगरपालिका ४ का २१ जना अगुवा नेता कार्यकर्ताले सामूहिक रूपमा पार्टी छाडेको घोषणा गरेका हुन् ।
उनीहरूले पार्टीका जिल्ला संयोजकलाई सम्बोधन गरेर पार्टी परित्या गरेको पत्रमा उल्लेख छ । पार्टी छाड्नेमा रास्वपाका वडा सभापति प्रेमबहादुर खड्का, सहसचिव दीपेन्द्रप्रसाद लामिछाने, गुलरिया नगर कमिटी सदस्य उमेश यादव लगायतले पार्टी छाडेको भन्दै बोधार्थ नगर समिति,प्रदेश समिति,केन्द्रीय समितिलाई दिएका छन् ।
जिल्ला अध्यक्ष देवराज पाठकका अनुसार २१ मध्ये ३ जना पहिल्यै पार्टीको कारबाहीमा परेका हुन् । अरूको हकमा छानबिन भइरहेको रातोपाटीलाई बताए ।
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल