Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रास्वपाको केन्द्रीय कमिटी बैठकबाट नयाँ विधान पारित गर्ने तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी बैठक शनिबार चितवनमा बस्ने भएको छ। पार्टीको प्रथम महाधिवेशनअघि अन्तिमपटक बस्न लागेको बैठकले नयाँ विधान पारित गर्ने तयारी गरेको छ।

पार्टीका नेताहरूका अनुसार बैठकमा देशभरका केन्द्रीय सदस्यहरूलाई सहभागी गराइनेछ। भौतिक रूपमा उपस्थित हुन नसक्ने सदस्यहरू भर्चुअल माध्यमबाट जोडिने व्यवस्था मिलाइएको छ।

नयाँ विधानअनुसार पार्टीमा १५८ सदस्यीय केन्द्रीय कमिटी रहने प्रस्ताव गरिएको छ। जसमध्ये १५१ जना निर्वाचित हुनेछन् भने सातै प्रदेशका सभापति पदेन सदस्य रहने व्यवस्था गरिनेछ। सचिवालयको आकार २८ देखि ३० सदस्यीय तथा पदाधिकारी संख्या १८ देखि १९ जनासम्म रहने गरी छलफल भइरहेको छ।

यसैबीच, असार ७ गतेदेखि सुरु हुने प्रथम महाधिवेशनमा सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित हुने सम्भावना रहेको नेताहरूको भनाइ छ। यस्तै, वरिष्ठ नेता बालेन्द्र शाहलाई सोझै वरिष्ठ नेताको जिम्मेवारी दिने विषयमा पनि पार्टीभित्र तयारी भइरहेको बताइएको छ।

चार वर्षअघि स्थापना भएको रास्वपाले पहिलोपटक महाधिवेशन गर्न लागेको हो। महाधिवेशनमार्फत पार्टीको नयाँ नेतृत्व, संगठनात्मक संरचना र भावी राजनीतिक कार्यदिशा तय गरिने अपेक्षा गरिएको छ।