Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रास्वपाको बन्दसूचीबाट अरनिको पाँडे पनि हिँडे

काठमाडौं । विवाद सिर्जना भएपछि रास्वपाको बन्द सूचिमा रहेका व्यक्तिहरुले एकपछि अर्को गर्दै मैदान छाड्नेक्रम बढिरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का केन्द्रीय सदस्य अरनिको पाँडेले समानुपातिकको बन्दसूचीबाट नाम फिर्ता लिने घोषणा गरेका छन् । उनले हिजो पार्टीको केन्द्रीय समिति बैठकमा यो निर्णय सुनाएको बताए । रास्वपाको बन्दसूचीबाट बाहिरिने निर्णय गरेका उनी पाँचौ उम्मेदवार हुन् । पाँडे खस आर्यतर्फ सातौं नम्बरमा थिए । सामाजिक सञ्जालमा स्टाटस लेख्दै पाँडेले बन्दसूचीमा रहिरहने औचित्य नदेखेको बताएका छन् । उनी लेख्छन्, म सधैँ देश र समाजलाई सबैभन्दा ठूलो योगदान दिनसक्ने बाटो खोज्ने र रोज्ने गर्छु । पछिल्लो समयमा विकसित राजनीतिक अवस्थामा विस्तार गरिएको रास्वपाको समानुपातिक बन्दसूचीमा रहिरहने औचित्य नदेखी मैले हिजो राति बसेको केन्द्रिय समिति बैठकमा साथीहरुलाई बन्दसूचीबाट मेरो नाम हटाउने निर्णय सुनाएँ । मलाई बन्दसूचीमा पुर्‍याउने सबै साथीहरूलाई फेरि एकपटक धन्यवाद दिँदै रास्वपालाई आउँदो चुनावमा जीताउनेतिर ध्यान दिनेछु ।


सम्बन्धित समाचार