Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रास्वपामा ३ करोडको विवाद फेरि बल्झिया

काठमाडौँ । जनताले पुराना दलबाट आशा मारिसकेको अवस्थामा नयाँ दलप्रति भरोसा र विश्वास बढेको थियो तर नयाँ दलहरुको चालामालाले पनि जनतामा निराशा बढाएको छ । प्रतिनिधिसभाको चौथो ठूलो दल रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा तत्कालीन सांसद डा। ढाकाकुमार श्रेष्ठ मुछिएको मन्त्री बन्नका लागि २ करोड रुपैयाँ मागेको अडियो र कोर टिम प्रकरण बल्झिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री हुँदा स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्नका लागि पार्टी नेतृत्वको कोर टिमबाट २ करोड माग भएको भन्दै श्रेष्ठले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग कुराकानी गरेको अडियो सार्वजनिक भएको थियो । उक्त अडियो सार्वजनिक भएपछि चितवन २ लगायतका निर्वाचन क्षेत्रमा भएको उपनिर्वाचनको मुखमा डा। श्रेष्ठलाई सांसदबाट रास्वपाले निष्कासन गरेको थियो । उक्त प्रकरणका विषयमा पछिल्लो दिनमा श्रेष्ठले अन्तर्वार्ता दिँदै रास्वपाका नेताबारे आफूलाई थाहा भएका कुरा सार्वजनिक गर्ने चेतावनी दिँदै मिडियाका अन्तर्वार्ता र सामाजिक संजालबाट दिँदै आएका छन् । जसलाई लिएर रास्वपाका महामन्त्री डा। मुकुल ढकालले विज्ञप्ति जारी गरेका छन् । डा. श्रेष्ठले आधार प्रमाणबिना पार्टीको छविमा आँच पुर्‍याउन अभिव्यक्ति दिइरहेको रास्वपा महामन्त्रीको विज्ञप्तिमा उल्लेख छ । ुराष्ट्रिय स्वतन्त्र पार्टी पारदर्शिता, जवाफदेहिता र भ्रष्ट्राचारप्रति शून्य सहनशीलताको नीति अनुशरण गर्ने पार्टी भएकाले यस प्रकरणमा अझै पनि पार्टीका कुनै पनि तहको पदाधिकारी वा केन्द्रीय सदस्यले पार्टीको नाम प्रयोग गरी कसैसँग पैसा मागेको ठोस प्रमाण लिएर डा. श्रेष्ठ वा जोकोही आउनुभएको अवस्थामा पार्टीले त्यस्ता सदस्य जोकोही भए पनि प्रमाण पेश भएको ७२ घण्टाभित्र कारबाही गरिने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउँदछौं, डा ढकालको विज्ञप्तिमा उल्लेख छ । पार्टीका केन्द्रीय सदस्य मोहनजंग थापाले मन्त्री बनाउनका लागि ३ करोड माग गरिएको डा. श्रेष्ठले अन्तर्वार्ताहरूमा बताउँदै आएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पार्टीको भागमा नपरे अर्को कुनै मन्त्री बनाउने पनि कोर टिमबाट आश्वासन आएको डा। श्रेष्ठले दाबी गर्दै आएका छन् । उनले तत्कालीन उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पार्टीको भागमा पार्नका लागि आग्रह गरेको पनि उनले बताउँदै आएका छन् ।


सम्बन्धित समाचार

सरकारप्रति डा. शेखर असन्तुष्ट

२०८१ मंसिर ११

ताजा नेपाल

एनपीएलका लागि टिकटको मूल्य कति पर्छ

२०८१ मंसिर ११

ताजा नेपाल