Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका सांसदको नाम सिफारिस गर्न राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सचिवालय बैठक शनिबार बस्दै छ। पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार सचिवालयको बैठक आज बस्न लागेको प्रवक्ता मनिष झाले जानकारी दिए। बैठकको समय र स्थान तय भएको छैन, उनले भने। समानुपातिक सांसद छनोटमा केन्द्रित हुने बैठकमा वरिष्ठ नेता बालेन्द्र शाह बालेनलाई प्रधानमन्त्री बनाउने बाटो खुलाउन पार्टी विधान संशोधन र विविध विषयमा पनि छलफल हुने बताइएको छ। यही फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा प्रत्यक्ष १२५ र समानुपातिक ५७ गरी १८२ सिट जितेर एक्लै सरकार गठन गर्दै छ।
२०८२ फाल्गुन ३०
ताजा नेपाल
२०८२ फाल्गुन ३०
ताजा नेपाल
२०८२ फाल्गुन ३०
ताजा नेपाल