Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रास्वपाले मेयर शाहलाई प्रधानमन्त्रीको प्रस्ताव गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बोलन० बीच सहकार्य गरेर अघि बढ्ने सहमति भएको छ। सोमबार कमलपोखरी स्थित रास्वपा नेता असिम शाहको कार्यालयमा भएको करिब ६ घण्टा लामो संवादमा दुईजना बीच मिलेर अघि बढ्नेबारे समझदारी भएको हो। छलफलका क्रममा बालेनलाई रास्वपाले प्रधानमन्त्रीको उम्मेदवारका रुपमा प्रस्ताव गर्ने बारे छलफल भएको असिम शाहले जानकारी दिए। मिलेर जाने कुरा भयो। बालेनलाई रास्वपाले प्रधानमन्त्री प्रस्ताव गर्नेबारे कुरा भयो, उनले भने। त्यस्तै, बालेन निकटको निर्वाचन आयोगमा दर्ता भएको देश विकास पार्टीसँग सहकार्य को मोडालिटी अघि बढाउनेबारे पनि छलफल भएको छ। रवि र बालेनबीच सहकार्य भएको सन्देश दिन दुवैजना कमलपोखरीबाट एउटै गाडीमा निस्किएका थिए। शाहका अनुसार रवि र बालेनबीच अन्य वैकल्पिक शक्तिसँग पनि एकता गरेर अघि बढ्नेबारे कुराकारी भएको छ। रास्वपासँग भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङ पनि सहकार्यका लागि निरन्तर संवादमा छन्। उज्यालो नेपाल पार्टीलाई समर्थन गरेका कुलमान र रास्वपाबीच पनि पटकपटक सहकार्य गरेर अघि बढ्ने बारे छलफल भएको छ। बालेन र रविसँग कुलमानलाई पनि ल्याए आसन्न निर्वाचनमा बलियो उपस्थिति हुने अनुमान नेताहरुले गरेका छन्। त्यस्तै, अन्य नयाँ दलहरुसँग पनि सहकार्यका लागि संवाद चलिरहेको छ। नयाँ शक्तिहरुबीच एकता र सहकार्यको प्रयास अघि बढ्दा मूलधारका राजनीतिक दलहरु पनि सहर्कायको थालनीमा लागेका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी लगायतका दलहरु अहिले संसद् पुनर्स्थापनाको एजेन्डामा लागिरहेका छन्। नयाँ शक्तिहरुबीचको मिलन र त्यसले चुनावमा हुन सक्ने क्षतिलाई मूल्यांकन गरेर ती दलहरु संसद् पुनर्स्थापनाको एजेन्डामा लागेको नेताहरु बताउँछन्। त्यस्तै, यी दलहरु सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको विकल्पमा सर्वपक्षीय सरकार निर्माण गर्ने अभियानमा पनि लागिरहेका छन्। यसो गरेर चुनाव पछि सार्ने रणनीतिमा उनीहरु छन्।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

रास्वपाको पक्षमा अभूतपूर्व मत

२०८२ फाल्गुन २२

ताजा नेपाल