Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रास्वपाले स्थगित गर्‍यो भैरहवा र पोखराको चुनावी सभा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा आयोजन गर्न लागेको चुनावी सभा स्थगित गरेको छ। यही फागुन ९ गते भैरहवा र फागुन १० गते पोखरामा गर्न लागिएको चुनावी सभा स्थगित गरिएको पार्टीकी सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिएकी छन् । उक्त स्थानका सभामा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साले सम्बोधन गर्ने तालिका थियो । तर विशेष कारणले ती दुवै स्थानको सभा हाललाई स्थगित गरिएको रावलले बताइन् । तर उनले के कारणले ती दुई स्थानको सभा स्थगित गरिएको हो खुलाएकी छैनन् । बुधबार र बिहीबार रास्वपाले धनगढी र सुर्खेतको वीरेन्द्रनगरमा चुनावी सभा गरिसकेको छ। सुर्खेतको चुनावी सभामा सहभागी भएपछि रास्वपा वरिष्ठ नेता साह बिरामी भएर काठमाडौं फर्किएका छन् । उता सभापति लामिछाने भने सुर्खेतबाट बाँके हुँदै दाङतिर चुनावी अभियान लिएर पुगेका छन् । उनी बिहीबार राति दाङको तुलसीपुरमा पुगेका थिए । त्यहाँ सभापति लामिछानेको स्वागत गर्न बसेका रास्वपाका कार्यकर्ताहरूले एमालेको झण्डा जलाएपछि तनाव भइरहहेको छ।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल