Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार पार्टीको केन्द्रीय महाधिवेशन, सरकार सञ्चालन, संसदको चालु बजेट अधिवेशन लगायतका विषयमा छलफल हुनेछ । यसअघि बसेको केन्द्रीय समिति बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन सकिएको ६ महिनाभित्र महाधिवेशन गर्ने निर्णय गरेको थियो। रास्वपाले महाधिवेशनको कार्यतालिका सार्वजनिक नगरे पनि भदौभित्र सक्ने तयारी गरेको छ ।