Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
चितवन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन चलिरहेकै बेला प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बुधबार बिहान आफ्नो टोलीसहित काठमाडौं फर्किएका छन्।
रास्वपाको केन्द्रीय सदस्य पदका लागि मतदानको तयारी भइरहेका बेला शाहसहितको टोली बिहान १०ः५० बजेको बुद्ध एयरको उडानमार्फत चितवनबाट काठमाडौं प्रस्थान गरेको हो।
शाह गत आइतबार (असार ७ गते) पत्नी सविना काफ्ले र छोरीसहित महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन चितवन आएका थिए। महाधिवेशन उद्घाटनका क्रममा उनले सम्बोधनसमेत गरेका थिए।
मंगलबार सम्पन्न सभापति पदको मनोनयन प्रक्रियामा शाह रवि लामिछानेको प्रस्तावक बनेका थिए। सभापति पदमा लामिछानेको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका थिए।
आइतबारदेखि चितवनको लटौली सेन्चुरी रिसोर्टमा बस्दै आएका शाहले बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत पत्नी र छोरीसँगको तस्बिर सार्वजनिक गर्दै ‘भिजिट चितवन, न्यानो ठाउँ’ भन्ने सन्देश पोस्ट गरेका थिए।
महाधिवेशनमा वरिष्ठ नेता पदमा निर्वाचित भएका शाहको चितवन बसाइका क्रममा विभिन्न कार्यक्रम तथा भेटघाटमा पनि सहभागिता रहेको थियो।
२०८३ असार १०
ताजा नेपाल
२०८३ असार १०
ताजा नेपाल
२०८३ असार १०
ताजा नेपाल