Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गरेका छन्।
बुधबार बिहान राष्ट्रपति भवन शीतल निवास पुगेर लामिछानेले राष्ट्रपति पौडेलसँग समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गरेका हुन्।
राष्ट्रपति कार्यालयका अनुसार भेटका क्रममा लामिछानेले सुनसरी घटनाका विषयमा सर्वदलीय बैठकमा भएको छलफलबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए। सर्वदलीय बैठक सम्पन्न भएलगत्तै उनी शीतल निवास पुगेका थिए।
भेटमा पछिल्लो राजनीतिक अवस्था तथा समसामयिक राष्ट्रिय विषयमा पनि छलफल भएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ।
२०८३ श्रावण १३
ताजा नेपाल
२०८३ श्रावण १३
ताजा नेपाल
२०८३ श्रावण १३
ताजा नेपाल