Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राहुल गान्धी पक्राउ पर्नुको कारण के हो ?

मुम्बई । भारतीय राष्ट्रिय कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धीलाई प्रहरीले पक्राउ गरेको छ। शनल हेराल्डसम्बन्धी मामिलामा पार्टी अध्यक्ष सोनिया गान्धीसँग इन्फोर्समेन्ट डाइरेक्टोरेटले सोधपुछ गरेको विरोधमा धर्ना बसेका बेला प्रहरीले राहुललाई पक्राउ गरेको हो। इडीले हेराल्ड मामिलामा सोनियासँग मंगलबार दोस्रोपटक सोधपुछ गरिरहेको छ। उनी करिब ११ बजे दिल्लीस्थित इडी कार्यालय पुगेकी थिइन्।
सोनियासँग इडीले गरिरहेको सोधपुछको विरोधमा कांग्रेसले देशभर प्रदर्शन गरिरहेको छ। कांग्रेस सांसदले दिल्लीमा संसद भवनस्थित गान्धी मूर्तिदेखि विजय चोकसम्म ¥याली निकालेका थिए। ¥यालीमा सामेल राहुल विजय चोकमा धर्नामा बसेका थिए। धर्नामा बसिरहेका राहुललाई नियन्त्रणमा लिएको थियो।
सञ्चारकमीहरूसँग कुरा गर्दै राहुलले भने,‘सबै सांसद यहाँ आएका छन्। हामी महँगी र बेरोजगारीको कुरा गरिरहेका छौं। तर प्रहरी हामीलाई बस्न दिइरहेको छैन। संसदमा छलफल हुन दिइएको छैन। यहाँ हामीलाई पक्राउ गरिरहेको छ।’
समाचार एजेन्सी एएनआईले जनाएअनुसार ¥यालीमा सामेल अन्य कांग्रेस नेतालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। कांग्रेस प्रवक्ता अजय मानकले राजनीतिक द्वेषको भावनाबाट यो कारबाही गरिएको बताएका छन्। यसअघि २१ जुलाईमा इडीले सोनियासँग करिब २ घण्टा सोधपुछ गरेको थियो। इडीले राहुलसँग पनि यस मामिलामा सोधपुछ गरिसकेको छ।

के हो त घटना
यो मामिला नेशनल हेराल्ड अखबारसँग जुडेको छ, जसको स्थापना १९३८ मा पूर्वप्रधामन्त्री जवाहरलाल नेहरूले गरेका थिए। त्यही बेलादेखि यो अखबारलाई कांग्रेसको मुखपत्र मानिएको छ। अखबारको स्वामित्व ‘एसोसिएटेड जर्नल लिमिटेड’ अर्थात ‘एजेएल’ सँग थियो। यसले दुई अरू अखबार हिन्दीमा ‘नवजीवन’ र उर्दुमा ‘कौमी आवाज’ पनि छाप्ने गरेको थियो।
स्वतन्त्रतापछि १९५६ मा एसोसिएटेड जर्नललाई गैरव्यवसायिक कम्पनीको रूपमा स्थापित गरियो र कम्पनी कानुनको दफा २५ अन्तर्गत यसलाई कर मुक्त पनि गरियो। सन् २००८ मा ‘एजेएल’ को सबै प्रकाशनलाई निलम्बित गरियो र कम्पनीमाथि ९० करोड कर्जा देखियो।
फेरि कांग्रेस नेतृत्वले ‘यन्ग इन्डियन प्राइभेट लिमिटेड’ नाम गरेको एक गैरव्यवसायिक कम्पनी गठन ग¥यो। जसमा सोनिया गान्धी र राहुल गान्धीसहित मोतिलाल बोरा, सुमन दुबे, अस्कर फर्नांडिस र सैम पित्रोदालाई निर्देशक बनाइयो।
यस कम्पनीमा सोनिया र राहुलसँग ७६ प्रतिशत शेयर थियो भने बाँकी २४ प्रतिशत शेयर अरू निर्देशकहरूसँग। कांग्रेस पार्टीले यस कम्पनीलाई ९० करोड रूपैयाँ ऋण पनि दियो। यस कम्पनीले ‘एजेएल’ लाई अधिग्रहण ग¥यो। भारतीय जनता पार्टी नेता सुब्रमण्यम स्वामीले सन् २०१२ मा उजुरी हालेर कांग्रेस नेतामाथि ‘धोखाखोडी’ को आरोप लगाएका थिए। उनले आफ्नो उजुरीमा भनेका थिए,‘यन्ग इन्डियन प्राइभेट लिमिटेड’ ले केवल ५० लाख रूपैयाँमा ९०।२५ करोड रूपैयाँ असुल गर्ने उपाय निकालेको छ जुन नियमविरूद्ध हो।’ ५० लाख रूपैयाँमा नयाँ कम्पनी खडा गरेर ‘एजेएल’ को दुई हजार करोड रूपैयाँ बराबरको सम्पत्ति आफ्नो बनाउने षडयन्त्र रचिएको जाहेरीमा आरोप लगाइएको थियो।