Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
नरेश ऐर, छायाँकार
सुन्दर सिर्जना दर्शकसम्म आइपुग्दा पर्दामा देखिने र पर्दापछाडिका थुप्रै कलाकारहरूको मिहिनेत रहेको हुन्छ । पर्दामा राम्रो प्रस्तुतिका लागि पर्दापछाडि धेरैको मिहिनेत र पसिना सिञ्चन हुने गर्दछ । यस्तै पर्दा पछाडि रहेर आफ्ना क्रियशनहरू दर्शकमाझ पस्किरहनु भएका छायांकार हुन् नरेश ऐर । दशक बढि समय देखि नेपाली चलचित्र, म्युजिक भिडियो क्षेत्रमा काम गर्दै आउनु भएको नरेश ऐरले तीन सय भन्दा बढी म्युजिक भिडियो खिचिसक्नु भएको छ । डडेलधुरा समैजिमा जन्मिएका नरेश ऐर यतिबेला चल्तिका, ब्यस्त छायांकारको रूपमा आफ्नो परिचय स्थापित गरिसक्नु भएको छ । निर्माता, निर्देशकको पहिलो रोजाईमा पर्न सफल ऐरले थुप्रै पुरस्कार, सम्मान र अवार्ड चुम्न सफल हुनुभएको छ । हालै सम्पन्न काब्य म्युजिक सेन्टरव्दारा आयोजित कार्यक्रममा सर्वोत्कृष्ट छायाँकार ‘काब्य म्युजिक अवार्ड २०७९’ बाट सम्मानित हुनुभएका उहाँ अन्य राष्ट्रिय स्तरका सम्मानबाट सम्मानित हुनुहुन्छ । निरन्तरताको मिहेनतले आज यो सफलता हासिल भएको बताउनु हुने नरेश ऐरले ताजाखबर साप्ताहिकको गागि गर्नु भएको कुराकानीः
० पछिल्लो समय के गर्दै हुनुहुन्छ ?
कला क्षेत्रमा काम गर्ने भएकोले यसै क्षेत्रमा संलग्न छु । यसैको काममा आफूलाई संलग्न गराउँदै आएको छु । एक पछि अर्को कामको चापले ब्यफुर्सदिलो बनेको छु ।
० कति भो यो क्षेत्रमा लाग्नु भएको ?
दशक हुन लाग्यो कि, सुरु देखि अहिलेसम्म निरन्तर यसै क्षेत्रमा काम गर्दै आइरहेको छु । र भविष्यमा पनि यसैलाई निरन्तरता दिने सोच छ ।
० समाजसेवामा पनि त्यतिकै खटिरहनु हुन्छ नि ?
हामी जुन समाजमा छौ त्यो समाजका लागि केही न केही योगदान पु¥याउनु हामी सबैको दायित्व हो मैले पनि त्यही गरिरहेको हुँ । मलाई के लाग्छ भने समाजमा रहेपछि समाजका केही दायित्वहरू निर्वाह गर्नुपर्ने हुन्छ । त्यो पूरा गर्ने कोशिस गरिरहेको हुन्छु । खालि समय समाजसेवामा लगाउन पाउँदा खुशि लाग्छ ।
० युनिटमा कत्तिको सहयोग गर्नुुहुन्छ ?
व्यावसायिक रूपमा म छायांकार नै हुँ । छायांकार हुँ भन्दैमा अरु काम गर्नै नहुने भन्ने होइन । म युनिटमा आवश्यक सबै काममा सघाउन सक्नु पर्छ भन्ने मान्यता राख्छु ।
० कस्तो खालको भिडियो खिच्न रुचाउनु हुन्छ ?
ब्यवसायिक भन्दा पनि दिर्घकालीन प्रभाव पार्ने खालको चलचित्र या भिडियोमा काम गर्न मन पराउछु । आफ्नो रुचिको कुरा भन्दा पनि अहिले काममा बढी महत्व दिनु पर्छ ।
० सफल छायांकारका रूपमा परिचित हुनुहुन्छ, कस्तो महसुश हुन्छ ?
यो आफ्नो काम गर्ने तौरतरिका र दक्षतामा भरपर्ने कुरा हो । काम गर्दै जाँदा धेरैले मन पराउनुभएको छ । मलाई के लाग्छ भने सफलताले मान्छेलाई विनम्र बनाउँछ । आगामी दिनमा कसरी राम्रो गर्ने भन्ने चिन्ता भइरहन्छ । सुखमा आत्तिने र दुःखमा मात्तिने मेरो स्वभाव छैन । म सीमित सफलतामा रमाएर बस्ने र केही समस्या हुँदा आत्ति हाल्ने गर्दिन ।
० कस्तो खालको फिल्म वा भिडियो निर्माण गर्दा ब्यवसायिक रूपले सफल होला ?
कथावस्तु अनुसार पुरा युनिटको टिमवर्कले आआफ्नो जिम्मेवारी सहि रूपले निर्वाह गरेको खण्डमा सिनेमा वा भिडियो राम्रो हुनेमात्र होईन ब्यवसायिक हिसावले पनि सफल हुने कुरामा दुईमत रहन्न ।
० पछिल्लो समय हाम्रो समाज उदार बन्दै गएको हो ?
समाजले विविधता स्वीकार्न थालेको छ । त्यसको परावर्तन भिडियो या फिल्ममा पनि परेको हो । यसमा मिडियाले पनि ठूलो भूमिका खेलेको छ । युवा पुस्ताले कस्तो दृश्य र पहिरनलाई रुचाउछन् भन्ने कुरा प्रष्ट छ । ग्ल्यामर र भलगर्सलाई मिडियाले बढी प्राथमिता दिदा फिल्म भित्रको अरु बिषयवस्तु गौणबन्न जान्छ । त्यसैले पछिल्लो पुस्ता खुला र उदार देखिएका हुन् ।
० अन्त्यमा … ?
मलाई सम्झेर आफ्नो केही भनाई राख्ने अवसर जुटाईदिनु भोे खुुसी छु । देशमा बिभिन्न रोगब्यादीको आक्रमण भैरहने भएकोले स्वास्थ्यको ख्याल गरौं र यससंग सम्बन्धि चेताना अबिबृध्दिमा सहयोग पुराउन मद्दत गरौं, मानव कल्याणमा सबैले योगदान पुराउ भन्न चाहन्छु । यो महत्वपुर्ण स्थानको लागि ताजाखबर साप्ताहिक परिवार प्रति मनैदेखि नमन् ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल