Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले जिल्ला अदालत रुपन्देहीमा हाजिरी गरेर फर्किएपछि मात्रै चितवनमा उम्मेदवारी दर्ता गर्ने भएका छन् । सहकारी ठगी मुद्दामा धरौटी रकम बुझाएर हाजिरीमा छुटेका लामिछानेको आज बिहानै चितवनबाट रुपन्देही गएका हुन् । रास्वपा जिल्ला सभापति कृष्णप्रसाद भुसालका अनुसार हिजो जनकपुरको सभा सकाएर लामिछाने चितवन आइपुगेका थिए । आज हाजिरी गर्नुपर्ने भएकोले बिहानै अदालतमा हाजिरी हुन रुपन्देही गएका छन् । उनी अदालतको काम सकेर चितवन फर्किने छन् । रास्वपा जिल्ला समिति चितवनले चितवन क्षेत्र नम्बर २ को मनोनयन दर्ता समय साढे १ बजेलाई राखेको छ भने क्षेत्र नम्बर १ मा ३ बजे र ३ नम्बर निर्वाचन क्षेत्रमा साढे २ बजे समय राखेको छ । रास्वपाले चितवन क्षेत्र नम्बर १ मा हरि ढकाल, २ मा लामिछाने र ३ मा सोबिता गौतमलाई उम्मेदवार बनाएको छ ।
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल