Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रुसले तीन महिनामा कोरोनाको भ्याक्सिन ल्याउने

एजेन्सी । अहिले विश्वभरका वैज्ञानिकहरु कोरोना विरुद्ध औषधिको खोजीमा छन् । यही बेला अबको तीन महिनापछि कोरोना भाइरसको संक्रमण होला कि भनेर डराउनुनपर्ने भएको छ । कोरोनाविरुद्धको भ्याक्सिन तीन महिनाभित्र रुसमा उत्पादन शुरु हुँदैछ । यसको औपचारिक जानकारी समेत आएको छ । रुसमा क्लिनिकल परीक्षण सकिदै गर्दा आगामी अगष्ट या सेम्टेम्बर महिना देखि ठुलो परिमाणमा खोप उत्पादन शुरु गरिने त्यहाँका उपप्रधानमन्त्री टाटायाना गोलिकोभाले बताएकी छिन् । रुसी समाचार संस्था तासका अनुसार भेक्टर इन्स्टिच्युट खोप उत्पादनका लागि तयार भइसकेको छ ।
खोपको आधिकारिक प्रमाणिकरणपछि उत्पादन शुरु हुनेछ । अगष्टको शुरुमै परीक्षण सकिने र सोही महिना या सेप्टेम्बरभित्र ठुलो परिमाणमा उत्पादन हुने गोलिकोभाको भनाई छ । यसअघि नै उनले यही वर्षभित्र भ्याक्सिन विकास भइसक्ने र बजारमा आइसक्ने बताएकी थिइन् । भेक्टर रिसर्च सेन्टरसहित तीन रिसर्च सेन्टर खोप विकासमा लागेका थिए । विश्वका विभिन्न देशहरु खोप विकासको दौडमा छन् । त्यसमध्ये रुस पनि एक हो । अमेरिका, चीन, भारत, बेलायत, इजरायल, थाइल्यान्डलगायतका देशहरु खोप विकासमा सक्रिय छन् । कस्ले पहिले बाजी मार्ने हो भन्ने चासो सबैमा छ ।