Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रुसले नेपाललाई अढाइ करोड कोरोना भ्याक्सिन दिने

काठमाडौं। रुसले नेपाललाई अढाइ करोड डोजसम्म कोरोनाभाइरस भ्याक्सिन उपलब्ध गराउने बताएको छ । रुसले विकास गरेको स्पुतनिक भी भ्याक्सिन आपूर्तिको लागि एक नेपाली फार्मास्युटिकल कम्पनीसँग समझदारीमा हस्ताक्षर समेत भइसकेको रुसी समाचार एजेन्सी स्पुतनिकले जनाएको छ । रुसको विदेश मन्त्रालयको एसियाली विभागका दोस्रो निर्देशक जमिर काबुलोभले स्पुतनिकसँग कुरा गर्दै यसको जानकारी दिएका हुन् । ‘म बताउन चाहन्छु कि क्षेत्रका अन्य देशहरु, जस्तै नेपालले रुसी भ्याक्सिनको आपूर्तिमा चासो देखाएका छन् ।
एक नेपाली फार्मास्युटिकल कम्पनीले रुसी सीधा लगानी कोषसँग एक समझदारीमा हस्ताक्षर गरेको छ । यो समझदारी अन्तर्गत हिमाली गणराज्यको लागि २५ मिलियन डोजसम्म स्पुतनिक भी आपूर्ति गर्न सकिन्छ’ काबुलोभले भने । सेप्टेम्बरको अन्त्यतिर रुसी सीधा लगानी कोषले नेपालले २५ मिलियन डोजसम्म स्पुतनिक भी भ्याक्सिन पाउन सक्ने बताएको थियो । यति डोजले नेपालको कूल जनसंख्याको ९० प्रतिशतले भ्याक्सिन पाउन सक्नेछन् ।