Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
चिनियाँहरूले नेपालको निति निर्माणको जिम्मेवारी चिनियाँ जनमुक्ति सेनालाई दिने कुरा सार्बजनिक भएको छ । यो सकारात्मक छ । तथापि यसको आधिकारिकता पुष्टि हुन बाँकिनै छ । नेपाल सन्दर्भमा चिनियाँ उपस्थित र सूचनामा पर्याप्त पहुँच भए पनि नेपाली राज्यसता भित्रको संरचना इन्डो/अमेरिकी घेरामा छ । २०५८ जेष्ठ १९ को दरबार हत्याकाण्ड र २०५० साल जेष्ठ ३ गतेको मदन भण्डारी हत्या षड्यन्त्र त्यसैका परिणाम हुन् । नेपालको चिनियाँ दूतावास सन १९९० भन्दा अगाडि जसरी तत्कालिन सोभियतसंघ विघटनपूर्व अधिकांश शोभियत संघका दूतावासमा सिआएले आफ्नो पहुँच पु¥याएको थियोे ठिक नेपाली चिनियाँ दूतावास पनि त्यसैगरी सिआइएको घेराभित्र देखिन्छ ।
नेपालमा रक्तचन्दन तस्करदेखि बौद्ध धर्मको आवरणमा चिनियाँ मुलकै नागरिकमार्फत् एपेक भन्ने संस्थामार्फत् गौद्धम बुद्धको जन्मस्थल लुम्बिनीलाई इसाई मिशनरीको डिजाइनमा कब्जा गर्ने षड्यन्त्र २०६४ सालपछि भएको थियो । यो पंक्तिकारले यसै विषयलाई लिएर अन्नपूर्ण पोष्टमा ‘दलाई, दाहाल र भट्टराई’ शीर्षकमा आलेख नै लेख्नु परेको थियो । सुनतस्करीदेखि विभिन्न अपराधीक योजना दूतावास भित्रकै अमेरिकी एजेन्सीसँग जोडिएका चिनियाँहरूको संलग्नतामा हुँदै आएको छ । माओवादी नेता कृष्णबहादुर महरादेखि एमाले नेता रामबहादुर थापाका छोरा र श्रीमती, पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोराहरूको कनेक्सन चिनियाँ दूतावासभित्रको अमेरिकी जासुसी संस्था सिआईएसँग आवद्ध चिनियाँ नागरिकहरूले गर्दै आइरहेका छन् । नेपाली अनुहारका चिनियाँ निकट भन्ने काठमाडौंका कुमाइ घरानियाहरू हुन् या अन्य उनीहरू राजा बिरेन्द्रको कत्लेआम गरेको सैन्य हेडक्वाटर र अमेरिकी एजेन्सीदेखि भारतीय शिबसेनासँग जोडिएका अनुचरहरू छन् । चैत लाग्दा काग र कोइली छुट्टिन्छ भने जस्तै नेपाली आवरणका अमेरिकी एजेन्सीसँग जोडिएका आफूलाई चिनियाँ भन्ने यस्ता पात्रहरू कहिले रवि लामिछानेको पक्षमा लेख्छन् भने कहिले नेपालको हिन्दू धर्म संस्कृतिविरुद्ध भारतको विरोध गरेजस्तो गरेर राष्ट्रवादको आवरणमा देखिन्छन् । त्यतिमात्रै होइन, भारतीय रेलको विरोध गरेजस्तो गरेर चिनसँग भएको बिआरआईको घुमाउरो रुपमा विरोध गर्न पुग्दछन् ।
देख्दा तिनीहरू राष्ट्रवाद, भारतको बिरोध गरेजस्तो गरे पनि अमेरिकी एजेन्सीको काम गर्दछन् । मदन भण्डारीको हत्यापूर्व तत्कालीन चिनियाँ राजदुत र तत्कालीन चीन अध्यनकेन्द्रका अध्यक्ष बल्लभमणि दाहालले अन्तर्राष्ट्रियमञ्च पत्रिकाको कार्यालयमै गएर मदन भण्डारीको तत्कालीन पोखरा भ्रमण रोक्न आग्रह गरेका थिए । अन्तर्राष्ट्रियमञ्चका प्रधानसम्पादक नवराज अधिकारीले मदनलाई फोनै गरेर नजान आग्रह गर्नुभएको थियोे । तर मदनले उक्त सूचनालाई हल्का रूपमा लिनुनै महाभुल थियोे । मदन भण्डारीको लास सेनाले गायब पार्न खोज्दा त्रिशुलिमा माछो मार्दै गरेको एउटा युवकले देखेर हल्ला गरेपछि लास गायब पार्ने योजना तुहिएको कुरा ती युवकले राससलाई अन्तरबार्ताका क्रममा खुलासा गरेका थिए । त्यो अन्तरबार्ता थाहाखबर डट कमले पनि सम्प्रेषण गरेको थियोे । मदन भण्डारीको हत्यापछि राजा वीरेन्द्रले तत्कालिन प्रधान सेनापति गडुल समशेर जबराको राजीनामा माग्नुभएको थियो । यसबाट बुझ्न सकिन्छ मदन भण्डारी हत्या पछाडि कसको हात थियो ?
राजा बिरेन्द्रलाई उनको घेरा इन्डो÷अमेरिकी अपराधीक घेरा भएकोले लाओसको मोडेलमा जान चीनले सुझाइ रहेको थियोे । उक्त मोडेलमा जान ढिला गर्नु नै राजा बिरेन्द्रको आफ्नो कमजोरी थियोे । विशेष गरेर रुसविरुद्ध युक्रेनलाई नाटोले अमेरिकी बेसक्याम्प बनाएजस्तै चीनविरुद्ध नेपाललाई अमेरिकी बेसक्याम्प बनाउने योजना अनुरुप नै पछिल्लो चरणमा राजा बिरेन्द्र र मदन भण्डारीको हत्या गरिएको थियोे । दरबार हत्याकाण्डपछि हत्याकाण्डको जिम्मेवारी नलिएको तर सुरक्षाघेराको जिम्मेवारी लिएको कथित नेपाली नामक सेनाको बचाउको लागि प्रपोगण्डा भारती खुफिया एजेन्सि रअ मार्फत ज्ञानेन्द्रलाई बदनाम गराउन माओवादी परिचालित भए । बाबुराम भट्टराईको २०५८ जेष्ठ २४ गते कान्तिपुरमा प्रकाशित लेख कोतपर्बलाई मान्यता दिनुहुँदैन त्यही रणनीतिअनरुप प्रकाशित गरिएको थियो । त्यतिबेला सम्पादक युवराज घिमिरे थिए । युवराज घिमिरे स्वयं राजा ज्ञानेन्द्रका संवादसचिव फणिराज पाठकका भारतको राजधानी नयाँ दिल्लीमा बस्दाको समयका रुम पार्टनर पनि हुन् ।
यता द काठमाडौं पोष्टमा नेपाल चीनअध्यन केन्द्रका अध्यक्ष मदन रेग्मीको पनि ज्ञानेन्द्र केन्द्रित बाबुरामकै शैलिको लेख प्रकाशित भयो त्यतिबेला सम्पादक प्रतीक प्रधान थिए । तर देख्दा बिपरित जस्ता देखिने डा. बाबुराम भट्टराई र मदन रेग्मीले आफ्ना लेखहरूमा सेनाको सुरक्षाको विषयमा कहीं पनि केही पनि उल्लेख गरेनन् । यसबाट बुझ्न सकिन्छ इन्डो पश्चिमा मिशनमा नेपाल विरुद्ध खडा गरिएको कान्तिपुर पब्लिकेशनको पत्रिकामा उनीहरूका आलेख प्रायोजित रुपमा नै आएका थिए । यी दुबै लेखको आशय तत्कालीन राजा ज्ञानेन्द्रको परिवारलाई अपराधी करार गरेर सिँगो सैनिक हेडक्वाटर तत्कालीन राजाका एडिसि तत्कालीन दरबारको सैनिक सचीवलाई बचाउने उदेश्य र अन्तर्राष्ट्रिय जगतमा भ्रम दिनु थियोे । यता दरबार हत्याकाण्डको दिन दिउँसो ४ बजे सम्म ललितपुरको एन्फा एकेडेमीमा युवराज्ञी हिमानी शाहका मामा किशोरबहादुर सिंहसँग खेल हेरिरहेका दीपेन्द्र डिल्लीबजार पाण्डे गुरुज्युकोमा ७ बजेसम्म रहेका थिए । उनको गाडी डिल्लीबजारको भोजनगृहमा थियोे ।
७ बजे डिल्लीबजारमा सकुशल रहेका दिपेन्द्रलाई दरबार बाहिरनै मारिएको उनलाई नयाँ बजारमा सेनाको गाडिले लखेट्दै गरेको देख्ने मानिसको नाम सहित दिपेन्द्र दरबार बाहिर मारिएको सप्रमाण प्राध्यापक डा.राजकुमार पोख्रेलको नारायणहिटि हत्याकाण्ड र देशभक्तको अवसान पुस्तकमा उल्लेख छ । यसकारण दिपेन्द्रले हत्या गरेका हुन् भन्ने दक्षिणपन्थी मण्डलेहरू र ज्ञानेन्द्रले गरेका हुन् भन्ने उग्रवामपन्थी कथित कम्युनिस्टहरू एउटै केन्द्रका हुन् । देख्दा यी बिपरित जस्तो देखिए पनि शक्तिकेन्द्रको हिसाबले खासै भिन्नता छैन ।
यो अवस्थामा नेपालको नितिनिर्माण तहमा चिनियाँ जनमुक्तिसेनाले लिने निर्णय युक्रेन र नेपाल बिचको भुराजनीति दृष्टिकोणबाट तय हुन जरुरी छ । त्यस्तै नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलालदेखिनै अर्थात २००६ साल देखिनै चिनको जासुसी गर्न चीनविरुद्ध पहिलो चरणमा पुष्पलाल, मोहनबिक्रम, निर्मललामा, दोस्रो चरणमा मदन भण्डारीको हत्या गर्दै माधब नेपाल र केपी ओलि तेस्रो चरणमा प्रचण्ड, बाबुराम, मोहन बैध र विप्लवहरू इन्डो÷ सिआइए रणनीतिमै परिचालन गरिएका पात्रहरू हुन् भन्ने खुला पुस्तक जस्तै भैसकेको छ । यो अवस्थामा अब नेपालको सुरक्षा नेपाली मोडेलको गद्दाफी शासननै हो । चिनियाँ जनमुक्ति सेनाले नेपाल नीति निर्माण गर्दा यतातिर ध्यानाकर्षण हुन जरुरी छ । तत्काल बामपन्थी एकता या अन्य कुनै मोर्चामार्फत उपस्थिति जनाएपनि त्यो दीर्घकालीन समाधान होईन । कुनै पनि देशको राज्य सताको मुल अङ्ग सेना, प्रहरी, अदालत र जेल हो । नेपाल सन्दर्भमा राज्यसताका यी अङ्गहरू इन्डो÷अमेरिकी नियन्त्रण घेरा बाहिर छैनन् । यसकारण नेपाललाई युक्रेनजस्तो नाटोको खेलमैदान बन्न नदिन गणतन्त्र र राजतन्त्र होइन गद्दाफि या पुटिन मोडेलनै उपयुक्त मोडेल हो ।
यो मोडेलमा राजा ज्ञानेन्द्रका केहि बाध्यताहरूका कारण सम्भावना नरहेकोले युवा राजा पारस शाहलाई स्विकार्य छ भने नेपाल एकीकरणको लिगेसी स्विकार्न सक्नुपर्दछ । कम्बोडियाका तत्कालीन राजा नरोद्द्म सिम्हानुकलाई माओले बिगतमा गरेको सहयोग चीनिया जनमुक्ति सेनाले स्मरण गर्न जरुरीछ । पहिला फोहोर आफ्नै घरबाट सफा गर्नु पर्दछ । सर्बप्रथम चिनियाँ जनमुक्ति सेनाले नेपालको चिनियाँ दूतावास भित्र घुसपैठ अमेरिकी जासुसी सस्था सिआइएका एजेन्टहरू र चिनियाँ आवरणमा रहेका तिनै सिआइएका जासुसहरू मार्फत परिचालित नेपाली आवरणमा चिनको ब्यानरमा क्रियाशिल इन्डो÷पश्चिमा अनुचरहरू सफाया गर्न जरुरी छ । अहिले नेपालको राजनीतिक मैदानमा सबैभन्दा खतरनाक अपराधी चिनियाँ आवरणमा सिआइएको काम गर्ने राष्ट्रवादको खोल ओढेका अनुचरहरू र राजा र राष्ट्रवादको आवरणमा मैदानमा देखिएका भारतीय काला अंग्रेज आरएसएसका अनुचरहरू छन् । देखिएको दुष्मनसँग जोगिन त्यति गाह्रो छैन । तर, छद्म रुपमा परिचालित समान एजेन्डा बोकेको जस्तै देखिने दुष्मनहरूसँग जोगिन गाह्रो छ । अहिले वास्तविक देशभक्त नेपालीहरू छद्महरूसँग जोगिनु पर्ने अवस्था रहेको छ । अब नेपाल बीचमा रहन सक्तैन । कुख्यात मण्डलेहरूले भने जस्तो सेरेमोनियल किङ, कल्चरल किङ, बेबि किङ पनि हुन सक्तैन । यी एजेण्डा नेपालको इन्डो÷अमेरिकी सेनाको सुरक्षाकवज बनाउने षड्यन्त्र अन्तर्गतका एजेन्डा हुन् । अबको निकास विघटन भैसकेको २०४७ को संविधान पनि हुन सक्तैन ।
अब नेपाल एकीकरणको जगमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले भनेजस्तै उतरको बादशाहसँग घाहा राख्नु दक्षिणको बादसाहसँग होशियारपूर्वक घाहत राख्नु भन्ने नितिमै गद्दाफी मोडेलहो । राजा ज्ञानेन्द्र, युवा राजा पारस शाहको अस्तित्व र सुरक्षापनि यहीँ मोडेललेनै गर्नेछ । नारायणहिटि हत्याकाण्ड पुस्तक दोस्रो सस्करण आउदैछ । प्रेसमा गैसकेको छ । दोस्रो सस्करणमा डा.शास्त्रदत पन्तको भुमिका सहित तत्कालीन प्रधानसेनापती प्रज्वल शमशेर जबराले ज्ञानेन्द्रलाई उसको बाबुको छाला खाओस भनेर छोडेको हो भन्ने अभिव्यक्ति कोसँग दिएका थिए उनको अन्तरबार्ता राखिएको छ । सन २०१४ पछीको युक्रेनको मुलबिचार नवनाजिबाद भएजस्तै २०६२÷०६३ पछीको नेपाली सताको मुल बिचार चीन बिरोधि इन्ण्डो÷ इसाई नाजिवाद हो । जसरी युक्रेनको मैदान बिद्रोहलाई नेटोले खुलेआम आर्थिक भौतिक सहयोग गरेको थियोे त्यस्तै २०६२÷०६३ को नेपालको बिद्रोहलाई इन्डियन रअ र युरोपेली इसाई मिसनरीले खुलेआम सहयोग गरेका थिए । जसरी मस्कोकै सामरिक सेरोफेरोमा रुसलाई होच्याइएको थियोे ठिक त्यसरीनै नेपाल बाट इन्डो÷अमेरिकी एजेन्सीले चीनलाई होच्याइरहेको छ ।
जसरी युक्रेनलाई अमेरिकी कठपुतली राज्य बनाउन रुस विरुद्ध नेटोले उभ्याएको थियोे नेपालमा पनि एमसिसि र एसपिपि मार्फत नेटोमै सामेल गर्ने उदेश्य अनुरुप क्रियाशिल छन । आइपिएससँग जोडिएको एम सि सि परियोजना पास हुनु, अमेरिकी योजनामा युद्धरत युक्रेनलाइ प्रचण्ड÷ देउवा सरकारले समर्थन गर्नु सामान्य घटना होईन । मदन भण्डारी मारिएपछी स्थापित केपी ओलि जो खुल्ला अमेरिकी एजेन्सीको काम गर्दछन । उनले आफू सतामा हुँदा केहि नगर्ने अहिले दरबार हत्याकाण्डको कुरा उठाउनु भनेको ओलि मार्फत सेना र इन्डो÷अमेरिकी एजेन्सीले ज्ञानेन्द्रलाइ दिएको धम्कि हो । यस्ता धम्किहरू बेलाबेलामा दिने गर्दछन । टिकाराम यात्रीले लिएको एउटा अन्तरबार्तामा सौरभले ज्ञानेन्द्रले देश छोडे मारिन सक्ने अभिव्यक्ति दिएका थिए । केहि समयपुर्ब उनले हृदयन्द्र भएपनि राजा त चाहिने रहेछ भन्ने अभिव्यक्ति दिएका थिए । इन्डो÷अमेरिकी एजेन्सी आबद्ध पार्टीहरू बदनाम अलोकप्रिय हुँदै जाँदा एकतर्फ युक्रेनका जेलेन्स्की जस्तै रबि लामिछाने, एमसिसिका प्रबक्ता स्वर्णिम वाग्लेहरू मैदानमा उतारिएको छ भने अर्को तर्फ पुरानो राजतन्त्रको लोकप्रियता बढ्दै जानलागेपछि रबिन्द्र मिश्र, दरबारहत्याकाण्डसँग जोडिएका पशुपति शमशेर राणा देखी विभिन्न इन्डो÷ पश्चिमा अनुचरहरूलाइ चर्को राजतन्त्रबादीको रूपमा उतारिएको छ । यो गिरोहले अन्तर्राष्ट्रिय शोस्लिस्ट मुभमेन्ट अमेरिकी मिसनसँग जोडिएका बिपि कोइरालाको जन्म दिन मनाउन शुरु गरिसकेको छ । राप्रपाको चुनावी प्रचारमा बिपि कोइरालाकि नातिनी हलिउड नायिका मनिष कोइरालालाई उतारी सकिएको छ ।
यता बिगतमा माओवादी हिंसालाई सहयोग गर्न युरोपेली चर्चबाट नेपाली मराउन माओको नाम बदनाम गर्न पादरी डा. केबि रोकायलाइ हिन्दू अधिराज्यको आवरणमा उतारिएको छ । उता भारतीय काला अंग्रेजÞ आर एस एस, इस्कोन, राधे राधे, सहिबाबा गिरोहलाई हिन्दूको आवरणमा उतारिएको छ । स्मरण रहोस् राजा बिरेन्द्रको हत्या योजनामा साहिबाबा केन्द्र आबद्ध रहेको नेमकिपाका नेता नारायणमानले एउटा अन्तरबार्तामा खुलासा गरेकाछन । सिरडी साइबाबा केन्द्रसँग जोडिएका डा. सुन्दरमणि मार्काहरू अहिलेसम्म दरबार हत्या दिपेन्द्रले गरेको भन्दै अर्को बकवास शुरु गरिसकेकाछन । चिनियाँ जनमुक्ति सेनाले पक्कै पनि मिहिन रूपमा नेपालको अध्यन गरेर नीतिनिर्माण बनाउने छ ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल