Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

क्वार्टरभित्रै झुण्डिएर आत्महत्या गरे डीएसपी बस्यालले

सुन्दरहरैचा । मोरङमा सशस्त्रका डीएसपी झुण्डिएको अबस्थामा मृत फेला परेका छन्। धनपालथान गाउँपालिका ३ सोराभाग स्थित गुल्मका प्रमुख समेत रहेका डिएसपी डिएसपी उपेन्द्र बस्याल सोमबार गुल्मको आफ्नै निवास छेउमा रहेको किचनको फेनमा प्लाष्टिकको डोरी लगाएर झुण्डिएको अवस्थामा उनी मृत फेला परेका हुन् ।

कार्यालय परिसरमा रहेको क्वार्टरमा झुन्डिएको अवस्थामा डीएसपी बस्यालको शव फेला परेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी सुमनकुमार तिमल्सिनाले जानकारी दिए। अहिले प्रहरी टोली घटनास्थल पुगेको र घटनास्थललाई सुरक्षित गरेर मृतकका घरपरिवारलाई कुरेर बसिरहेको प्रवक्ता एसपी तिमल्सिनाले बताए।

अहिले घटनास्थलमा प्रहरी आफन्त घरपरिवारलाई कुरेर बसिरहेको छ,उनले राजधानीसंग भनेसमृतकको परिवार आइपुग्ने बित्तकै शव पोस्टमाटमको लागि अस्पताल पठाईने छ अहिले कसैलाई पनि भित्र प्रवेश गरेर हेर्न दिइएको छैन।

कार्यालयभित्र डोरीको पासो लगाएरको बाहिर बाट मात्रै देखिएको प्रहरीले जनाएको छ । ३८ वर्षीय बस्याल पाल्पा जिल्लाको रहेको बताईएको छ भने उनको परिवार काठमाडौंमा बस्दै आएको बताईएको छ । घटना’दयगत अनुसन्धान भईरहेको र परिवार आउने बित्तकै शव उठाईने प्रहरीले जनाएको छ