Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रेखा, पूजा र आँचल एकसाथ चलचित्र झिंगेदाउमा अभिनय गर्दै

रेखा थापा, पूजा शर्मा र आँचल शर्माबीच पहिलो पटक फिल्ममा सहकार्य हुने भएको छ । रेखा स्वयंले निर्माण गर्न लागेको चलचित्रमा उनीहरुले एकसाथ अभिनय गर्न लागेका हुन् । आगामी बैशाखबाट छायांकनमा जाने चलचित्र ‘झिँगेदाउ’ फेम्ड निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गर्नेछन् । सुलक्षण भारतीले फिल्मको स्क्रिप्ट लेखिरहेका छन् ।
सोमबार रेखासँग एकसाथ होली खेल्ने क्रममा पूजाले यो फिल्ममा काम गर्न आफू उत्साहित रहेको जनाईन। अहिले यही चलचित्रको काममा आफू केन्द्रित रहेको जनाउँदै उनले भनेकी छन्, ‘अहिले कुनै पनि फिल्म नगर्ने, सिर्फ यसमा ‘फोकस’ छु । मलाई सुदर्शन थापाले पनि त्यति ‘स्ट्रिक’ गर्नुभएको छैन होला, जति रेखा दिदीले गर्नुभएको छ । उहाँको सल्लाहअनुसार अगाडि बढिरहेको छु ।’
ज्ञानेन्द्रले यसअघि रेखालाई ‘देवर बाबु’, ‘हिफाजत’ फिल्ममा निर्देशन गरिसकेका छन् भने आँचलसँग यसै वर्षको सुपरहिट फिल्म ‘झिँगेदाउ’मा सहकार्य भएको थियो । पूजासँग भने देउजाले पहिलो पटक काम गर्न लागेका हुन् । स्क्रिप्टको ‘फस्ट ड्राफ’मा काम भैरहेको जानकारी दिँदै उनले फिल्म महिलाप्रधान विषयवस्तुमा बन्न लागेको जनाए । चलचित्र पूर्ण कमर्शियल हुने उनको भनाई छ ।
पूजा र आँचललाई एकअर्काको प्रतिस्पर्धी भन्ने गरिन्छ । उनीहरुबीच खासै हार्दिक सम्बन्ध नभएको चर्चा चलिरहेको समयमा रेखा र ज्ञानेन्द्रले दुवैलाई एकसाथ पर्दामा उतार्ने प्रयास गरेका छन् । रेखासहित पूजा र आँचललाई एकसाथ पर्दामा हेर्न दर्शकलाई पनि रोचक हुनेछ । ठूलो स्टारकास्ट लिएर फिल्म बनाउन चुनौतीपूर्ण हुने भए पनि आफू त्यसका लागि तयार रहेको देउजाले जानकारी दिए ।