Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रेखा र दयाको भिडन्त

नायिका रेखा थापाकै भनाईमा दयाहाङ राई, सौगात मल्ल जस्ता नायकहरु नायक होइनन्, कलाकार हुन् । आजको बजारमा यी नायकहरुको दबदबा फिल्म बजारमा छ । तर, नेपाली फिल्म क्षेत्रमा हिरो मिस भइरहेको रेखा बताउँछिन् । रेखा थापालाई केही बर्ष अगाडिसम्म पनि नेपाली फिल्मको नायक मानिन्थ्यो । रेखा आफै पनि नायक कहिले पनि नमर्ने बताउँछिन् । रेखाले निर्माण तथा अभिनय गरेको फिल्म ‘उपहार’ फागुणको २५ गतेबाट रिलिज हुँदैछ । यो फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । फिल्ममा रेखाको साथमा पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुषाल, तेज गिरी, समर्पण जंग कार्की लगायतका कलाकारको अभिनय छ । यो फिल्मसँग हालसम्मको अवस्था हेर्दा, दयाहाङ राइको मुख्य भूमिका रहेको फिल्म ‘रंगेली’ जुध्ने पक्का भएको छ । उसो त, रेखाले दयासँगको भिडन्तलाई टार्ने कोशिश नगरेकी होइनन् । तर, चैत्रको अन्तिम साता दयाकै ‘डिग्र माइला’, माघको २६ गते दयाकै ‘हात्तीछाप र दयारानी’ रिलिज हुने भएपछि रेखा फागुणको २५ गते फिल्म रिलिज गर्न वाध्य भइन् । अब, यो मितिमा पनि दयाको २ वटा फिल्म रिलिज हुने पक्का छ । निर्माणपक्षले घोषणा गरे अनुसार भयो भने, यो मितिमा दयाकै ‘लोकल हिरो’ पनि रिलिज हुनेछ । यसरीहेर्दा, अहिलेका सुपरस्टार दयाहाङ र केही बर्ष अगाडिकी सुपरस्टार रेखा थापाबिच बक्स अफिसमा भिडन्त पक्का भएको छ । यसलाई रेखाकै भाषमा भन्नुपर्दा ‘हिरो भर्सेस कलाकार’को भिडन्तको रुपमा वुझ्न सकिन्छ ।


सम्बन्धित समाचार