Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रेडपाण्डाको छाला सहित पक्राउ

काठमाडौं । काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-८ हात्तीगौडास्थित कपडा पसलमा लुकाईछिपाई राखेको रेडपाण्डा जस्तो देखिने करिब ३ फिट लम्बाई भएको छाला सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बुढानिलकण्ठ नगरपालिका-८ हात्तीगौडा कपडा पसल गरी बस्ने म्याग्दी त्रिवेणी नगरपालिका-२ घर भएका ३४ वर्षीय उपेन्द्र मल्ल र बाग्लुङ गलकोट नगरपालिका- ९ घर भएका ३१ वर्षीय केशव राज गौतम रहेका छन् । महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उक्त कपडा पसल जाँच गर्ने क्रममा उक्त छाला फेला पारेको थियो ।
जाजरकोट, रेडपाण्डाको छाला २ थान र भरुवा बन्दुकमा प्रयोग हुने सिसाको छर्रा १५ वटा सहित फेडागार्ड नगरपालिका-५ थल बजार बस्ने ५८ वर्षीय राम बहादुर घर्तीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बडाबनबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त छाला र सिसाको छर्रा फेला परेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार