Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रेडियो नेपालको जागिर छाडेर रवि लामिछानेका दाजू माधव नेपालको क्षेत्रबाट चुनाव लड्ने

काठमाडौं । यहाँ सामाजिक सञ्जालले थुप्रै उम्मेदवार खडा गरिसकेको छ । तर चर्चा गरिएका सबै पात्र निर्वाचनका लागि तयार भएका छैनन् । चर्चित सञ्चारकर्मी रवि लामिछाने संसदीय चुनावमा उम्मेदवार लड्ने चर्चा चलिरहँदा उनका दाजु हरिशरण लामिछाने भने रेडियो नेपालको जागिर छाडेर चुनावी दौडमा सामेल भएका छन् । रेडियो नेपालका पुराना समाचारवाचक लामिछानेले काठमाडौं वा काभ्रेबाट स्वतन्त्र उम्मेदवारी दिने अनौपचारिक घोषणा गरेका हुन् । दुई दिनअघि सामाजिक सञ्जालमा लामिछानेले आफूलाई अन्तस्करणले सिंहदरबारबाट बाहिरिएर देश र जनताको सेवामा फरक भूमिकामा पेस हुन प्रेरित गरेको बताएका थिए । लामिछानेले आफू काभ्रे वा काठमाडौंमध्ये एक जिल्लाबाट चुनाव लड्ने बताए । उनको गृहजिल्ला काभ्रे हो भने कार्यक्षेत्र काठमाडौं हो । माधव नेपालको चुनावी क्षेत्रमा लड्न दबाव बढिहरेको उनले बताएका छन् । केही स्वतन्त्र उम्मेदवारहरूले टिम नै बनाएर अगाडि बढ्ने गृहकार्य गरिरहेकाले पनि आफूले पर्खेको लामिछानेले बताए ।
हरिशरण ३ दशकभन्दा लामो समयदेखि सञ्चारक्षेत्रमा छन् । उनले रेडियो नेपालमा समाचारवाचकको रूपमा जागिर सुरु गरेको नै करिब ३० वर्ष भइसक्यो । हाल उनी रेडियो नेपालका प्रधान सम्पादक हुन् । रेडियो नेपालको जागिर छोडेर राजनीतिमा आउने हरिशरणको तयारी छ ।