Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रेणुले दिइन् प्रधानमन्त्री ओलीलाई चुनौती

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले चुनौती दिएकी छिन् । भरतपुरमा दुई ठुला आयोजनाहरुको शिलान्यास गर्न लागेका ओलीलाई दाहालले चुनौती दिँदै प्रतिकार गर्ने चेतावनी दिएकी हुन् । आज प्रधानमन्त्री ओलीले भरतपुरमा सिटी हल निर्माण र महेन्द्र राजमार्गको पुलचोक गोन्द्राङ सडकलाई ६ लेनको फराकिलो बनाउने योजनाको शिलान्यास गर्ने कार्यक्रम छ । महानगरपालिका प्रमुख दाहालले आफ्नो कार्यकालमा भइरहेको विकास निर्माणमा सत्ता र शक्तिको दुरुपयोग गरी जर्बजस्ती शिलान्यास गर्न लागिएको बताइन् । उनले भनिन्, यो सत्ताको दुरुपयोग गरी जर्बजस्ती गर्न लागिएको हो, हामी बहिष्कार मात्र नभई प्रतिकार नै गर्छौं ।
महानगरपालिका प्रमुख रेणु दाहालले आफूले निकै मिहेनत गरी भरतपुरमा विकासको कामलाई निकै अगाडि बढाएको बताइन् । चितवनमा विकास निर्माणले गति लिइरहेको र विभिन्न आयोजनाहरु ल्याउन आफूले भूमिका खेलेको बताइन् । आयोजना ल्याउने काम आफूहरुले गरेको तर शिलान्यास गर्न अर्को पक्ष आउन लागेको भन्दै आपत्ती जनाइन् । चितवन प्रचण्डको गृहजिल्ला हो । उनी यसअघि चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए । आज प्रचण्डकै निर्वाचन क्षेत्रमा ओलीले सम्बोधन गर्ने कार्यक्रम समेत छ । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल प्रचण्डकी छोरी हुन् । प्रधानमन्त्री ओलीले प्रचण्डको आलोचना गर्ने क्रममा छोरीलाई मेयर बनाएको विषय पनि उल्लेख गर्दै आएका छन् ।