Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रोकिएला त रुस र युक्रेनको युद्ध ?

एजेन्सी । सारा विश्वलाई नै प्रभावित बनाएको रुस र युक्रेनबीच युद्ध रोकिने आशाका किरण देखिन थालेको छ । दुई देशले महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरे । जसमा ब्ल्याक सीबाट युक्रेनले अन्न निर्यात गर्न रोकटोक हुनेछैन। विश्वव्यापी खाद्यान्न अभाव भइरहँदा युक्रेनको अन्न थन्किएको थियो । अब उसले ब्ल्याक सीबाट अन्न निर्यात गर्नेछ । युक्रेनले सिधै रुससँग नभई संयुक्तराष्ट्रसंघको माध्यमले सम्झौता गरेको छ । इन्तानबुलमा रुसका रक्षामन्त्री सेरगेइ सोइगू र युक्रेनका पूर्वाधारमन्त्री ओलेकसान्डर कुब्राकोभले सम्झौतामा हस्ताक्षर गरेका थिए ।
युक्रेनको अन्न रोकिंदा विश्वभर खाद्य संकट बढेको थियो । पाउरोटी र पास्ता महङ्गो भएको थियो । खाना पकाउने तेल र मलको मूल्य पनि बढेको थियो । अन्न निर्यात ब्ल्याक सीबाट गर्न दिने गरी रुस लचिलो हुनुलाई युक्रेन युद्ध रोकिने दिशातर्फ पहिलो पाइलाका रुपमा लिइएको छ । युद्धको अन्त शान्तिवार्ताबाटै हुने हो । तर, रुस र युक्रेनबीच कहिले युद्ध रोकिने हो भन्ने चासो विश्वभर छ । बादल जतिसुकै कालो भएपनि चाँदीको घेरा हुन्छ । रुस र युक्रेनबीचको युद्धको कालो बादलमा चाँदीको घेरा देखिएको छ । शान्तिको आशा पलाएको छ ।