Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रोल्पा बम विस्फोटमा ४ जना बालबालिकाको मृत्यु

काठमाडौं । रोल्पाको त्रिवेणी गाउँपालिका–७ मा बम विस्फोट हुँदा ४ जना बालबालिकाको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका–७ गैरीगाउँमा बम विस्फोट हुँदा ४ जनाको मृत्यु भएको हो । विष्फोटमा त्रिवेणी गाउँपालिका ४ का गौरब नेपाली त्रिवेणी ४ का १४ वर्षका नोछीराम डाँगी, पाँच वर्षका विजय खत्री, पाँच वर्षकै विमला खत्रीको ज्यान गएको हो । बिहीबार साँझ बाख्रा चराएर घर फर्किने क्रममा ४ जना बालबालिका बम विस्फोटमा परेका हुन् । बम विस्फोटबाट चारै जनाको घटनास्थलमै मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय होलेरीबाट अहिले प्रहरी निरीक्षकको टोली घटनास्थलतर्फ लागेको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाले स्थानीय तहबाट घटनाको विषयमा जानकारी प्राप्त भएको जनाएको छ । ‘घटनाको विवरण हामीलाई पनि प्राप्त भएको छ । विस्तृत बुझ्नका लागि अहिले इलाका प्रहरी कार्यालय होलेरीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली घटनास्थलतर्फ गएको छ । घटनास्थलमा बमहरु छरिएका कारण विस्फोटमा परी मृत्यु भएका बालबालिकाको शव समेत उठाउन सकिएको छैन ।


सम्बन्धित समाचार