Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लकडाउनका बेला लागूऔषधको ओसारपसार

सर्लाही । लालवन्दी नगरपालिका १५ बाट अवैध लागूऔषध गाँजा करिब ५ किलो सहित दुई जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका ८ बस्ने २६ वर्षीय मोहन घिसिङ र ईश्वरपुर नगरपालिका १२ घारीबथान बस्ने ४६ वर्षीय फगुनी यादव रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा झोलाभित्र लुकाइछिपाई ल्याउँदै गरेको उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
उता, पर्सा, वीरगंज महानगरपालिका ३ स्थितबाट नियन्त्रित लागूऔषध डाइलेक्स डिसी एक सय एमएलको ८७ बोतल, वानरेक्स एक सय एमएलको १ सय ३ बोतल, नाइट्राजेपाम २० पिस, नाइट्राभेट ३६ पिस र सिमप्लेक्स्ट ५७ पिस सहित ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका ३ बस्ने ४६ वर्षीय सन्तोष पटेल, निजकै श्रीमती ३७ वर्षीया बबिता देवी, सोही ठाउँ बस्ने २८ वर्षीय टिँकु श्रीवास्तव, बिन्दवासिनी गाउँपालिका २ बहुअर्वाभाठा बस्ने २८ वर्षीय राजनाथ यादव र बारा प्रसौनी गाउँपालिका(३ नौतन बस्ने ३२ वर्षीय मुग्रिम साह रहेका छन् ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले सन्तोष पटेलको घर तलासी गर्दा बिक्री वितरण गर्न लुकाई छिपाई राखेको उक्त परिमाणको लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
महोत्तरी, सम्सी गाउँपालिका(५ पोखरभिण्डाबाट नियन्त्रित लागूऔषध स्पास्मो १६ पिस, नाइट्राभेट ट्याब्लेट २ पत्ता र एक्प्लान ३ बोतल सहित महोत्तरी गाउँपालिका(५ बस्ने २५ वर्षीय श्याम ठाकुर लगायत ३ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पोखरभिण्डाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।


सम्बन्धित समाचार