Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लकडाउनभर घरभाडा नमाग्न आग्रह

काठमाडौं । सरकारले घरभाडामा बस्नेहरुको एक महिनाको भाडा छुट दिइ ‘लकडाउन’ अवधिभर भाडा नमाग्न सबै घरधनीलाई आग्रह गरेको छ । कोरोना भाइरसको सम्भावित जोखिमलाई रोक्न सरकारले लागू गरेको लकडाउन अवधिभरको घर भाडा नमाग्न सरकारले आग्रह गरेको हो। बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री डा।युवराज खतिवडाले विपतको बेला घरभाडा नलिएर घरधनीहरुलाई मानवियता दर्शाउन आग्रह गरेका हुन् ।
उनले कोभिड–१९ को विषम परिस्थिति सहज भएपछि माग्न अनुरोध गरेको हो । त्यस्तै, सरकारले एक महिनाको घरभाडाको छुट दिन समेत संबन्धित घरधनीहरुलाई अपिल गरेको छ ।यदि त्यसो नभएमा सरकारले कडाइका साथ अनुगमन गर्ने र आवश्यक परे कारबाही समेत गर्ने जनाएको छ । यसको जिम्मा स्थानीय तहलाई दिने निर्णय सरकारले गरेको छ ।


सम्बन्धित समाचार