Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लकडाउनमै जानुपर्नै विज्ञहरुको सुझाव

काठमाडौं । कोरोना संक्रमितको संख्या दिनदिनै थपिँदै जाँदा लकडाउन गर्नु पर्ने विज्ञहरुले बताएका छन् । काठमाडौँ उपत्यकाका मुख्य अस्पतालहरुमा कोरोनाका बिरामी उपचारका लागि व्यवस्था गरिएका आइसियू र शय्या भरिएका छन् । शय्या भरिएपछि अस्पतालहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा अन्यत्र रेफर गर्नुपरेको जनाएका छन् । दोस्रो लहरको कोरोना संक्रमणपछि पनि मानिसले जनस्वास्थ्यका मापदण्ड पालना नगरेको, भीडभाड हुने कार्यक्रम जारी राखेकाले संक्रमण तीव्र रुपमा फैलिरहेको उनीहरुले औँल्याएका छन् । सरकारले उपचारका लागि शय्या विस्तार गरे पनि जनशक्ति व्यवस्थापनमा चुनौति हुने स्थिति रहेको वीर अस्पतालका चिकित्सक डा. अच्युत कार्कीले बताए । सरकारले संक्रमणको चेन ब्रेक गर्न कम्तिमा दुई साताका लागि लकडाउन गर्नुपर्ने सुझाव चिकित्सकले दिएका छन् । ‘अब कम्तिमा दुई साताका लागि लकडाउन नगरेमा नियन्त्रण सम्भव देखिँदैन,’ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका कोभिड उपचार संयोजन डा। विमल पाण्डेले भने । तीव्र संक्रमण नियन्त्रण गर्न अति आवश्यकबाहेक अन्य सेवा बन्द गर्नुपर्ने सुझाव त्रिवि शिक्षण अस्पतालका कोभिड उपचार सम्पर्क चिकित्सक सविन थपलियाको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले मापदण्ड पालना हुन नसकेपछि अर्को कदम चाल्नुपर्ने स्थिति आइसकेको उनले बताए ।