Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लकडाउन उल्लंघन भएपछि सडकमा सेना

भैरहवा । कोरोना नियन्त्रणको एक मात्र औषधिको रुपमा मानिएको लकडाउन उल्लंघनका घटना बढ्न थालेपछि सरकारले केही स्थानमा सेना समेत परिचालन गरेको छ । लकडाउन उल्लंघन बढेपछि रुपन्देहीको भैरहवामा नेपाली सेनाले गस्ती बढाएको छ। प्रहरीसँगै सेनाले लकडाउनलाई कडाइ गरेका छन्। संघीय सरकारले लकडाउनलाई कडाइ गरेसँगै स्थानीय प्रशासनले नेपाली सेनाको गस्तीलाई बढाएको हो। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले भैरहवामा पसल संचालन हुने गरेको र बिना काम सडकमा हिँड्नेहरु बढेकाले गस्ती बढाउन आग्रह गरिएको जानकारी दिए । सडकमा खटाइएका सेनाले अत्यावश्यक कामका लागि हिँडेका सवारीसाधनबाहेक सडकमा हिँड्ने अरुलाई कडाइ गरेको छ। जिल्ला सुरक्षा समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी पन्थले सीमा क्षेत्र संवेदनशील रहेका कारण भारतबाट समेत लुकिछिपी आउने क्रम नरोकिएकाले नेपाली सेनाको गस्ती बढाइएको जानकारी दिए। लकडाउन सुरू भएपछि नै सडक तथा बजारमा प्रहरी परिचालन गरिए पनि भैरहवामा त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको थिएन। नेपाली सेनाले गस्ती बढाएपछि भने लकडाउन कार्यान्वयन हुने अपेक्षा गरिएको छ। नेपाली सेनाले भैरहवाका मुख्य चोकहरुमा नियमित गस्ती गर्ने बताइएको छ। भैरहवादेखि १०÷१५ किलोमिटरको दुरीमै रहेको भारतीय बजार कोल्हुई लगायतका क्षेत्रमा कोरोना संक्रमित फेला परे पनि खुल्ला सीमानाका कारण खेतको बाटो हुँदै आवतजावत गर्ने क्रम रोकिएको छैन। जसले गर्दा भैरहवालाई कोरोना संक्रमणको जोखिममा लिइन्छ। सशस्त्र प्रहरीले पनि सीमा क्षेत्रमा आफ्नो सुरक्षा तैनाथीलाई बढाउने गरेको छ।


सम्बन्धित समाचार