Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लकडाउन, कोरोना र माफियातन्त्र

प्रधानमन्त्री केपी ओलीले जनतासंग गरेको आग्रह उनका अरिगाल र सहकर्मीहरुले चासो दिएनन् । भारतिय हैकम विरुद्ध लडेको सरकारबाट गलत काम हुन्छ भन्ने विश्वास जनताले गदैनन् । तर शासकहरुको गलत चिन्तन लुटाहशैलीका कारण वर्तमान सरकार हरेक क्षणमा बदनाम भएको छ । ठुलो रकम राखेर योजना बनायो आधा खर्च गर्यो आधा खायो । निती र सिद्धान्तमा नचलेको पाटी र कानुनी अनुशासनमा नबसेको सत्ता उस्तै हो सेकुरिटी प्रेस खरिद गर्न अबत हरेक वर्ष राष्ट्रिय योजनामा पर्ने नै भयो। आखिर ११ अर्वको प्रेस खरिदमा तेस्रो पाटी खडा गरी थामसेर्कु मार्फत ५ अर्व ६८ करोड कमीसन खाने प्रपन्च नमिल्दा भएको भण्डाफोर स्वच्छ शासनमा ओम्नी समुहसंग जोडीएका चरित्रहरु बलुवाटरका भान्छे र भतखौरु हुन् की नेकपा का जन्ती !
स्वतन्त्र प्रेस लकडाउनको कारण थला परेको छ । सुचना दिने भन्दा पनि व्यापारका निमीत स्थापना भएका कर्पोरेट हाउसहरु आफ्नै व्यापारमा लागेका बेला भएपनि धेरथोर सरकारको गलत रबैया प्रति प्रहार भएकै छ । अललाइन पोर्टल हरुबाट भएको भण्डाफोर ले आफै अध्यक्ष आफै प्रधान मन्त्री भएको पाटीका नेतालाई छाएको छैनन् ।आफ्ना धन्दा लुकाउन आफैले अलनाइन चलाएका पत्रकार मन्त्रीहरु भएको देशमा प्रधानमन्त्री ओली को संवृद्धि र विकास घुम्टो ओडेर लुकीरहेको छ । संवृृद्धि तिनैको भएको छ जो कानुन हातमा लिएर मान्छे अपहरणमा सक्रिय हुन्छन् । कानुनी प्रमाण जुटाउन सत्ता दवावका कारण प्रहरीले सक्दैन । काम तिनको हुन्छ जो धम्काउन सक्छ । सोझो जनता को काम हुदैन ।यतीखेर मर्ने पनि मजदुर र सर्वहारा वर्ग नै छ ।जसले काम नगरी खान पाउदैन सरकारको राहत उ समक्ष पुग्दै पुग्दैन ।
स्याबास सरकार ! कन्चनपुर र कैलालीका नाकाहरुबाट हरेक दिन भारतले खेदेर हजारौ नेपालीको ज्यान गएपनि आफ्नै देशमा जान्छ भन्दै प्रवेशको याचना गरी रहेका छन्। उनीरुलाई स्वास्थ परिक्षण नगरी स्थानीय सरकारले आफैले यातायातको व्यवस्था गरी आफ्नै गाउँ तिर ओसारेका छन् । विश्व स्वास्थ संगठनको मापदण्ड विरुद्धका क्वारेन्टाइनमा हुलेर कति जनताको कोरोना बाट मृत्यु हुन्े हो। चर्को भाषण गर्ने सिंहदरबारको शासकहरुलाई चासो छैन ।जुन रोगको औषधी छैन त्यो रोगसंग व्याक्ती आफै सजक हुनु पर्दछ भन्ने बाध्यता एकातिर छ भने अर्को तिर सुरक्षाकर्मी स्वास्थ कर्मी डाक्टर नर्स आफै पिडीत भए । लकडाउन बढाइएकै छ देश लुटिएकै छ । कम्यिुनिष्ट सरकार र तिनका नेताहरुको बोली र व्यवहार सुध्रिने दिन लकडाउनको कुन तिथी कति घडी कति पलामा होला हेरीदेउँन ज्योतीसी ज्यु ?


सम्बन्धित समाचार