Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लकडाउन घोषणा गरेपछि उपत्यका छाड्नेको भीड

काठमाडौं । कारोनाभाइरस संक्रमणको दोस्रो लहर शुरु भएसँगै प्रशासनले निषेधाज्ञा लगाएपछि काठमाडौं उपत्यका छाड्नेहरुको भीड बढेको छ । कलंकी, बालाजु, कोटेश्वर लगायत स्थानमा मंगलबार बिहानैबाट सर्वसाधारणको भीड छ । उनीहरु गह्रुंगा झोला बोकेर गन्तव्यतिर गइरहेका देखिन्छन् । ट्राफिक प्रहरी महाशाखा, रामशाहपथका प्रमुख एसएसपी जनकराज भट्टराईका अनुसार पछिल्लो २४ घन्टामा मात्रै ५० हजार ४५६ जना यात्रु उपत्यकाबाट बाहिरिएका छन् । ७ हजार ९०० गाडी आउट भएको रेकर्ड छ, त्यसमा ५० हजार ४५६ जना बाहिरिएका छन् उनले बताएका छन् । गत वर्ष एक साताका लागि लगाइएको लकडाउन हप्तैपिच्छे बढेकाले त्यस्तै हुनसक्ने आशंकामा पढ्न र काम गर्न आएका व्यक्तिहरु उपत्यकाबाट बाहिरिंदैछन् । विगतमा जस्तो लकडाउन लगाइएको समयमा मानिसहरु नहिंडुन् भन्ने उद्देश्यले प्रशासनले दुई दिन घर फर्किन समय दिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार विगतमा जस्तो समस्या नहोस् भन्ने सोचेरै बिहीबार बिहान ६ बजेदेखि लागू हुने गरी निषेधाज्ञाको आदेश जारी गरिएको हो ।