Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । पुराना पत्रकार लक्ष्मण विष्टले मेची महाकाली मिडिया सोसाइटी मार्फत् रु १ लाखको अक्षयकोष खडा गराएका छन् । नेपाली पत्रकारहरुलाई माग्ने र धम्क्याउने आरोप लगाउने समाजका अगाडि शारीरिक अस्वस्थताका कारण पत्रकारितामा सक्रिय नभए पनि विष्टले सो रकमबाट हरेक वर्ष सो रकमबाट प्राप्त हुने व्याजबाट हरेक वर्ष उत्कृष्ट एक पुरुष र एक महिला पत्रकारलाई पुरस्कार दिने गरी अक्षयकोष खडा गर्न मेची महाकाली मिडिया सोसाइटीलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा आयोजित राष्ट्रिय प्रकृति संरक्षण कोषले प्राकृतिक प्रकोपबाट बच्ने र बचाउने उपाय सम्बन्धी बृहत छलफल आयोजना गरेको कार्यक्रममा विष्टले सो रकम हस्तान्तरण गरेका हुन् । यसअघि पनि उनले सिन्धुलीको दुधौली नगरपालिकालाई स्थानीय विद्यालय र अस्पतालको खानेपानीको व्यवस्थापनका लागि रु २ लाख सहयोग गरेका थिए । नेपाल पत्रकार महासंंघ काठमाडौं शाखाका संस्थापक सदस्यहरुमध्ये एक लक्षण विष्ट लामो समयदेखि मधुमेह रोगबाट पीडित छन् । उनले पत्रकार महासंघ जिल्ला शाखा ललितपुरलाई रु १ लाखको अक्षयकोष खडा गर्न आग्रह गरे पनि त्यो शाखाका पदाधिकारीहरुले चासो नदिएपछि लामो समयदेखि सुस्त गतिमा रहेको मेची महाकाली मिडिया सोसाइटीका अध्यक्ष माधव शर्मामार्फत् पत्रकारिताको हितका निम्ति आफूले सकेको रकम सुम्पन पुगेको बताएका छन् । विष्टको यो दयालु भावनाबाट श्रमजीवी पत्रकारहरुको सम्मानमा गरिन लागेको यो पुरस्कार रकमका हिसावले सानो भए पनि भावनाका हिसावले ठूलो मान्नु पर्ने भएको छ । किनभने आजसम्म कुनै पनि पत्रकारले पत्रकारका निम्ति कोष खडा गरेका छैनन् ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल