Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। लक्ष्मी बैंकले ललितपुरको चापागाउँमा नयाँ शाखा संचालनमा ल्याएको छ। योसँगै बैंकको शाखा संख्या १ सय १२ पुगेको छ। बैंकले यस शाखाबाट सबै किसिमका रिटेल बैंकिङ सेवाका साथै लकर सुविधा समेत दिने जनाएको छ।
बैंकले हाल १ सय १२ शाखा, २ एक्सटेन्सन काउन्टर र ४ हस्पिटल सेवा काउन्टरका साथै १ सय ३६ वटा एटिएमबाट सेवा दिइरहेको जनाएको छ।
यसैगरी बैंकले २५ सयभन्दा बढी रेमिट्यान्स एजेन्ट तथा ५८ वटा शाखारहित बैंकिङ एजेन्टमार्फत कारोबार गरिरहेको जनाएको छ। बैंकले आफ्नो सेवालाई अझै बिस्तार गर्दै लैजाने जारी बिज्ञप्तीमा उल्लेख छ।
२०८३ बैशाख १०
ताजा नेपाल
२०८३ बैशाख १०
ताजा नेपाल
२०८३ बैशाख १०
ताजा नेपाल