Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लगातारको प्रयासले सफलता मिल्छ

 

म्युजिक भिडियो निर्माणको क्षेत्रमा छुट्टै पहिचान बनाएका निर्माता गणेश प्रसाद रेग्मीले चलचित्र ‘पेरिस ड्रिम्स’ निर्माण गर्ने भएका छन् । नेपाल लगायत बिदेशमा समेत छायाँकन गरिने ‘पेरिस ड्रिम्स’को यतिबेला निर्माण अघिको गृहकार्य भैरहेको छ । कोभिड कहर पछि नेपाली चलचित्र निर्माणमा कमि आईरहेको अवस्थामा जोजिम मोलेर चलचित्र निर्माणमा हौसिएका निर्माता गणेश प्रसाद रेग्मीले ताजाखबर साप्ताहिकको लागि गरेको संक्षिप्त कुराकानीः

० पछिल्लो समय केमा ब्यस्त हुनुहुन्छ ?
– म्युजिक भिडियो निर्माणमा सक्रिय छु । आफ्नै ब्यवसाय पनि भएकोले त्यता पनि समय दिनै प¥यो ।

० नयाँ के गर्दै हुनुहुन्छ ?
– एउटा चलचित्र निर्माण गर्ने सोचले यतिबेला त्यसैको गृहकार्यमा जुटेको छु ।

० कस्तो बिषयमा चलचित्र बनाउदै हुनुहुन्छ ?
– बिशुध्द नेपाली पन झल्कने, माटो सुहाउँदो कथा वस्तु समेटेर विदेशमा नेपालीले भोग्नु परिरहेको यथार्थ परक हुनेछ ।

० चलचित्र निर्माण गर्ने सोच कसरी आयो ?
– म यसै क्षेत्रमा काम गर्दै आईरहेको ब्यक्ति भएको नाताले निर्माणमा अनुभव पनि छ । बिगतमा पनि चलचित्र बनाउने सोच नआएको होईन, बिबिध कारणले सम्भव हुन सकेन । अहिले साथीहरूको सरसहयोग र वातावरण पनि अनुकूल बनेकोले एउटा चलचित्र निर्माण गरु भनेर तयारी तिब्र बनाएको छु ।

० पछिल्लो समय नेपाली चलचित्रले खासै ब्यवसाय गरिरहेको छैन । यस्तो अवस्थामा चलचित्र निर्माण गर्दा लगानी डुब्ने खतरा हुन्न ?
– राम्रो उब्जनी हुँदैन भनेर खेती नै गर्न छाड्नु त भएन नि । कसरी आफुले लगाएको खेतीबाट बढी आम्दानी लिने भनेर पहिले मिहेनत गर्नुपर्छ । त्यस्तै हो चलचित्र निर्माण पनि । थाहा छ, चलचित्र निर्माण गर्नु भनेको फलामको चिउरा चपाउनु सरह हो । तर राम्रो टिमवर्क भएर काम गर्दा कुनै पनि क्षेत्रमा सफलता हासिल गर्न सकिन्छ ।

० एक्लै निर्माण गर्दै हुनुहुन्छ कि ?
– दोलखा फिल्मस्को ब्यानरमा निर्माण हुने ‘पेरिस ड्रिम्स’मा सुजन कट्टेल र अन्य साथिहरू पनि संलग्न रहनु हुने छ ।

० कलाकार र प्राबिधिक पक्षको छनौट भईसक्यो त ?
– कलाकारमा दिनेश केसी, रोशनी बम्जन, उमेश खड्का अनुबन्ध भईसक्नु भएको छ भने बाँकीको छनौट कार्य भईरहेको छ । यसमा कथा कबिन्द्र बरालको रहेको छ भने निर्देशन चेतनाथ दंगाल र आदित्य बुढाथोकीको रहने छ । गायनमा अहिलेका चर्चित गायकव्दय अमृत भारती र रामकुमार नेपाली छन् भने छायाँकारको जिम्मेवारी यज्ञराज रेग्मीले लिएका छन् ।

० कहिलेबाट सुटिङमा जानु हुन्छ ?
– लगभग तयारी अन्तिम अवस्थामा पुगेकोले चाँडैनै हामी ल्फोरमा जाने छौ ।

० कहाँ कहाँ हुन्छ ‘पेरिस ड्रिम्स’को सुटिङ ?
– युरोपको फ्रान्स, बेल्जियम, सुइजरल्याण्ड र नेपालमा छायांकन हुनेछ ।

० हामी कहाँ बिश्वभरबाट बिभिन्न भाषाका चलचित्र आउँछ हाम्रो चलचित्र बिश्व बजारमा पु¥याउन के गर्नु पर्ला ?
– यही कुरालाई मध्यनजर गर्दै हामीले बिदेशमा सुटिङ गर्ने सोच बनाएका हौ । अर्को कुरा विभिन्न देशमा रहेका राजदूतावासले यसलाई गम्भीर रूपमा हेर्ने वातावरण बनाउनु पर्छ र नेपाल सरकार मार्फत प्रत्येक राजदूतावासमा ‘चलचित्र सहचारी’ को नियुक्ती गर्नुपर्छ । सबै राष्ट्रमा सम्भावना नभए पनि केही देशबाट सुरुवात होस् भन्ने हाम्रो चाहना हो ।