Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । आखिर नेपाली काँग्रेसलाई सत्ताको नायक बनाएका बामपन्थी दलहरु अहिले आफै लज्जीत छन् । दुई तिहाईको सत्ता मातले बहुमत अल्पमत हुदै सत्ताबाट हटाईएका केपि ओलीले भन्ने बाटो पाए । नैतिक दुष्टिले ओली कर्मठ अरु खराब भने होइनन् । संसदीय विकृति दल विभाजनको कारक सत्ता थियो । हिजो ४८ जनासम्म मन्त्री बनाएर आफैले आफ्ना मन्त्री चिन्न नसक्ने शेर बहादुर काँग्रेसको शेर पनि बनेनन् सत्ताको शेर बनुन् कसरी ? सरकारले पूर्णता नपाउनु, अवरुद्ध संसदबाट दनादन विद्येयक पारीत गरेर जनताको काम गर्न थालेको भए पार्टीकै वडा, नगर, क्षेत्र, जिल्ला हुदै केन्द्रमा प्राप्ति जनमत देउवालाई भारी बन्न सक्थ्यो ।
सरकारको राष्ट्रिय नीति नहुँदा कैयौ मुद्दाहरु एक पछि अर्काे गरी ओझेलमा परेका छन् । संयुक्त सरकार भए पछि अर्काे गरी ओझेलमा परेका छन् । संयुक्त सरकार भएकाले यो सरकारको साझा अवधारणा बनेपनि त्यसमा टेकेर कति कार्यक्रम आए, ओली सरकारका हावादारी योजना स्थगित गरेर मात्र पुग्दैन । जहाँ ओलीले कुनै अध्यन र परिक्षण बिना बजेटको व्यवस्था नगरी जनजनलाई ढाटेका थिए । त्यसको क्षतिपूर्ति लिने भनेको चुनावमा हो । संसदीय सर्वाेच्चता भनेको छ । त्यसलाई जनताको पक्षमा लागू गर्ने बेलामा संसदको दुई पटक हत्या गर्दा अदालतको सहरा लिनै पर्याे । अदालतप्रति आँफू अनूकुलको फैसला भए ठिक नभए बेठिक भन्ने र आन्दोलन गर्न सिकाएको नेकपा एमाले नै हो ।
नेपाली काँग्रेसलाई आई लागेको सत्ताको सहरा संयोगले ओलीबाट विरात्तिएको नेकपा समाजवादी र चुनावमा साथ लिने प्रम बनेपछि अपमान गर्ने हेप्ने र खेद्ने गर्दा विच्किएको माओवादी कै साथ काँग्रेस र शेर बहादुरलाई भएको हो । देउवा सरकारको वर्तमान संरचनाबाट ठूलो आश गर्ने ठाँउ छैन । देशमा समस्याको चाङ्ग छ । जनताले सरकारसँग अपेक्षा गर्नु स्वभाविक हो । तर काम नगर्नेले चर्का कुरा गर्छ जसले कामलाई विशेष महत्व दिन्छ उसलाई ओझेलमा पारिने देश यहि हो र पार्टीको नेतृत्व त्यही हो । जो निरन्तर सत्ताको वरपर रमाउछ कामको मेशो त्यो जमातले पाउछ । तर हामी कहाँ सदभाव, संस्कृति र मेलमिलापको बीच अन्तर भयो । सरकार त बन्यो गति लिन नसक्नुको कारण गुटबाद र कलह भएको कुरा प्रमले जति बुझे अरुको हालत त्यही हो ।
काँग्रेसले आफ्नै प्रतिष्ठा बचाउनु छ । त्यसले निर्वाचन आयोगको वैद्यता पूरा गराउन भदौ १८ बाट थालेका बडा अधिवेशन १३ जिल्लामै रोकिएको छ । पार्टी युवा पुस्तालाई सुम्पने कुरा नालायकहरुको प्रचार मात्र हो । शेर बहादुर देउवा सभापति बन्नै पर्ने विमलेन्द्र निधिदेखि रामचन्द्र पौडेल, डा. शेखर कोइराला, कृष्ण सिटौला, कल्याड गुरुङ्ग, सम्मले सभापति बन्न तम्सीदा युवा नेताहरु गगन थापा, धनराज गुरुङ्ग, प्रदिप पौडेल, डा. मिनेन्द्र रिजालसम्मले महामन्त्रीको पद ताक्न पुग्न काँग्रेसका लागि नौलो भएन । २ महामन्त्री उपसभापतिको मात्र त्यहाँ भिडन्त छ । कोषाध्यक्षमा चासो छैन सहमहामन्त्रीमा चर्चा छैन । मनोनीतभन्दा निर्वाचनलाई नै यस पटक महत्व दिइदा सरकारले पूर्णता नपाउदा समेत चिन्ता कसैलाई छैन । आँफू व्यवस्थाको पक्षपाती भएको बताउदै आएका रामचन्द्रले मेरो सभापति चतुर हुनुहुन्छ त भने तर देउवाको चतुरता कस्तो हो ? त्यो भने खुलाएका छैनन् । उनी हारेपनि जितेपनि सभापतिका दावेदार हुन् ।
२०८३ जेष्ठ ५
ताजा नेपाल
२०८३ जेष्ठ ५
ताजा नेपाल
२०८३ जेष्ठ ५
ताजा नेपाल