Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
एजेन्सी । बेलायतको हिथ्रो विमानस्थल नजिकै भएको मोटरसाइकल दुर्घटनामा एक नेपाली युवाको मृत्यु भएको छ। मृत्यु हुनेमा ४० वर्षीय रोशन अधिकारी रहेका छन् । बुधबार, फेब्रुअरी ४ बिहान करिब ८ बजे हिथ्रो विमानस्थलको टर्मिनल ४ नजिकै पर्ने सिल्यान्ड रोडमा अधिकारीले चलाएको मोटरसाइकल अनियन्त्रित भई सडकको बारियरमा ठोक्किएको थियो। मेट्रोपोलिटन प्रहरीका अनुसार दुर्घटनालगत्तै लन्डन एम्बुलेन्स सेवा र फायर ब्रिगेडसहितको आपतकालीन टोली घटनास्थल पुगेको थियो। प्यारामेडिकहरूले उनलाई बचाउने प्रयास गरे पनि सफल हुन सकेनन् र घटनास्थलमै मृत घोषणा गरिएको थियो। दुर्घटनापछि अनुसन्धान र सडक व्यवस्थापनका लागि साउदर्न पेरिमिटर रोड करिब ६ घण्टासम्म बन्द गरिएको थियो। मेट्रोपोलिटन प्रहरीका प्रवक्ताले यो एकल सवारी दुर्घटना भएको पुष्टि गर्दै मृतकका परिवारलाई जानकारी गराइसकिएको बताएका छन्। प्रहरीका विशेष अधिकारीहरूले अहिले शोक सन्तप्त परिवारलाई आवश्यक सहयोग र परामर्श दिइरहेका छन्।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल