Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लभ डायरिजको मिति सर्यो

अभिनेता शुशील श्रेष्ठको चलचित्र लभ डायरिजको रिलिज डेट पोस्टपोन्ड भएको छ । असोज ३ मा आउने निश्चित भएको यो फिल्म अब आउँदो कात्तिक १५ अर्थात् छठ पर्वको छेकोमा प्रदर्शन हुने भएको छ । पूर्वघोषित मितिमा मल्टीस्टारर फिल्म कबड्डी कबड्डी कबड्डी आउने भएपछि भिड्न्त छल्न यो फिल्मको प्रदर्शन मिति करीब एक महिना पछाडि सारिएको हो । कात्तिक १५ मा पनि लभ डायरिजले सोलो रिलिजको अवसर भने पाउने छैन । यो मितिमा एक्सन सुपरस्टार विराज भट्ट निर्देशित, निर्मित तथा अभिनीत फिल्म साङ्लो प्रदर्शनमा आउँदैछ । तर, यो फिल्मको प्रदर्शन मिति पोस्टपोन्ड हुने सम्भावना प्रवल छ । प्रचार(प्रसारमा समय अभाव हुने भएकाले फिल्मको रिलिज सार्ने तयारीमा विराज रहेको जानकारी प्राप्त छ ।