Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ललितपुर १ मा कांग्रेसका २ जना बागी हुदा एमालेले प्रतिस्पर्धा बिना जित निकाल्न सक्ने

 

बिगतका चुनाबमा सधैनै कांग्रेसको पकड हुदैआएको इलाका चिनिन्थ्यो तर अबका दिनमा त्यो हुने अबस्था रहेन किनकि काग्रेसबाट पुराना वडा अध्यक्ष निर्मल तण्डुकार बागि बने,वडा सदस्य जितेका सुशिल सापकोटा लाई राम्रो कार्यकर्ता हुदाहुदै जातिय कुरा देखाएर टिकट नदिएपछि पाटी परित्याग गरि उनि स्वतन्त्र उमेद्धवार बनेका छन् । अहिले खासै राजनिति अभिलेख नभएका धुर्ब तण्डुकारलाइ कांग्रेसले उमेद्धवार बनाएपछि, अबको बिजेता एमालेबाट वडा अध्यक्ष उठेका दिनेश तण्डुकारको प्रबल सम्भाबना बढेर गएको चर्चा छ । दिनेश भन्ने गर्छन यो वडामा एमालेले पदमा रहेर बिकास गर्ने अबसर पाएको छैन,अब हामिले अबसर पाउने वाला छौ,त्यसपछि वडाको बिकास कसरी गर्नुपर्छ हामि गरेर देखाइदिन्छौ,हामि वडाको मान्छे वडालाइ सुन्दर बनाउने तर्फ लाग्नु जरुरी छ । हामिले वडाको बिकास गराएरनैै गाउँ सुन्दर बन्छ, गाउँ सुन्दर भए नगरपालिका सुन्दर हुन्छ,नगरपालिका सुन्दर भए देश सुन्दर भन्ने नाराका साथ दिनेश अघि बढेका छन् र उनि भन्छन, अगाडीका बिजेता साथिहरुले वडाको बिकासमा ध्यान नदिदा पनि बिद्रोह भएको सुनाउँछन हामिबाट कुनै गल्ती कमजोरी हुनेवाला छैन,हामिलाइ एकचोटी जिताइदिनुहोस उनले आग्रह गरेका छन् ।