Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ललिता निवास असली रुप देखिन थाल्यो, छुटे सुवेदी दम्पती

काठमाडौं। सरकारी वकिलको कार्यालयले बालुवाटारस्थित ललिता निवास प्रकरणको फाइल प्रहरीलाई फिर्ता गरेपछि अनुसन्धान लागि पक्राउ परेका भूमाफिया रामकुमार सुवेदी र उनकी पत्नी माधवी हिरासत मुक्त मुक्त भएका छन्। केन्द्रीय अनुसन्धान व्युरो ९सीआईबी० ले अनुसन्धानको क्रममा आवश्यक परेका बेला उपस्थित हुने शर्तमा मंगलबार साँझ हिरासत मुक्त गरेको हो। ‘उहाँहरुलाई तत्कालका लागि छाडिएको हो, आवश्यक परेका बेला उपस्थित हुने शर्त कायमै छ’, सिआइबीका प्रमुख डिआइजी धिरजप्रताप सिंहले भने।
ललिता निवासको सरकारी जग्गा छानवन समितिले उनीहरुलाई मुख्य अभियुक्तको रुपमा किटान गरेको थियो। प्रहरीले भने व्यक्तिको नाममा नामसारी गर्दा सरकारी कागजात कीर्ते गरेको आरोप लागेका सुवेदी र उनकी पत्नी माधवी यही पुस ७ गते पक्राउ गरेको थियो। डिल्ली बजार मालपोत कार्यालयमा लेखन्दासको काम गर्ने सुवेदीले शोभाकान्त ढकालसँगको मिलेमतोमा सरकारी स्वामित्वमा आइसकेको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गराउन भूमिका खेलेको आरोप थियो।

सिआइबीले सो सम्बन्धी अनुसन्धानलाई थप प्रमाण जुटाउनु पर्ने आवश्यकता रहेको छ। सरकारी वकिलको कार्यालयले फाइल फिर्ता गरेसँगै प्रहरीले प्रमाण जुटाउनु पर्ने भएको हो। राजनीतिक दबाब र प्रभावमा सो फाइल फिर्ता भएको स्रोतले जनाएको छ। महान्याधिवक्ता खम्ब खातिकै निर्देशनमा सरकारी वकिलको कार्यालयले सिआइबीलाई थप अनुसन्धान गर्न निर्देशन दिँदै फाइल फिर्ता भएको स्रोतले जनाएको छ। सिआइबीले करिव तीन वर्ष लगाएर अनुसन्धान गरेको थियो। करिब ४ सय जना मानिसहरुलाई मुद्दा चल्न सक्ने जनाएको भएपनि कर्मचारीलाई मात्र आरोपित गरेर फाइल बुझाएको थियो।