Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । गएराति ललितपुरको लाकुरीभञ्ज्याङस्थित टेरेसेस रिसोर्टमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लडेको पाइएको छ । प्रचण्ड सहितका व्यक्ति मंगलबार टेरेसेस रिसोर्टमा रात बिताउने गरी गएका थिए । सोही क्रममा रिसोर्टमा लडेर घाइते भएको उच्च स्रोतले जानकारी दियो । गएराति रिसोर्टमा लडेर टाउकामा चोट लागेपछि उनलाई मेडिसिटी अस्पताल ल्याइएको थियो । टाउकामा तीन वटा टाँका लगाएपछि उनी फर्किएका थिए । यता प्रचण्डको सचिवालयले बाथरुममा लडेको बताए पनि कहाँको बाथरुम भन्नेबारे केही पनि उल्लेख गरेको थिएन । छोरी गंगा दाहालले बाथरुममा लडेर चोट लागेको र तीन वटा टाँका लगाइएको सामाजिक सञ्जाल फेसबुकमा लेखेकी थिइन् ।
२०८२ बैशाख २५
ताजा नेपाल
२०८२ बैशाख २५
ताजा नेपाल
२०८२ बैशाख २५
ताजा नेपाल