Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लाखौं लुट्ने समूह राजधानीमै झिरिप्पै

काठमाडौं । केहि दिन अघि प्रहरीले काठमाडौंको कपनमा सुन किन्न बोलाएर लाखौं रकम लुटपाट गर्ने समूहका पाँच जनालाई पक्राउ गर्यो । पक्राउ पर्ने मध्ये चार जना सिन्धुपाल्चोकका हुन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसेका ३२ वर्षीय विष्णु थापा, जुगलका २७ वर्षीय मेखबहादुर तामाङ, २८ वर्षीय रुवेन लामा गोले, २३ वर्षीय आकाश स्याङ्वो रहेका छन् । अर्का एक सर्लाही हरिवन घर भइ कपन बस्ने विशाल लामा छन् ।
उनिहरुलाई महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत बौद्धको संयुक्त टोलिले अघिल्लो बिहीबार पक्राउ गरेको थियो । प्रहरीका अनुसार कपनस्थित आनीगुम्बा नजिकै ‘सुन किन्न’ गएका उदयपुर चौदण्डीका निराहाङ राई लुटिएका हुन् । लुटेरा समूहले उनको साथमा रहेको १३ लाख ५० हजार लुटेका थिए ।
प्रहरी अनुन्धान अनुसार सस्तोमा सुन बेच्ने लोभमा पारेर लुट्ने समूहका मुख्य योजनाकार रुवेन लामासँग ३७ वर्षीय निराहाङले सुन किनबेचको योजना मिलाएका थिए । सानो टुक्रा सक्कली सुन देखाएर विश्वासमा पारेपछि रुवेनले पैसा लिएर गुम्बानजिक बोलाएका थिए । गुम्बानजिक पुग्नासाथ रुवेनको समूहका चारजनाले निराहाङको साथमा रहेको झोला खोसेर भागेको थियो ।
घटनापछि प्रहरीले अनुसनधान तिब्र बनाएको थियो । अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीका अनुसार पक्राउ परेका मध्ये दुईजनाको कनेक्सन नामुद पाकेटमार नाइके भनेर चिनिएका सिन्धुपाल्चोकका सुमन श्रेष्ठ ९ज्यापु० सँग देखिएको छ । ति अधिकारीले भने, ‘पहिलेका पाकटेमार नाइके कहिलएका सुमन श्रेष्ठसँग अहिले पक्राउ परेका केही लुटेराहरुको कनेसक्न देखिएको छ । सुमनकै डिजाइनमा लुटपाट भएको होकी भन्ने आशंकामा अहिले हामीले थप अनुसन्धान अघि बढाएका छौं ।’
ती अनुसन्धान अधिकारीका अनुसार लागुऔषध मुद्दा, पाकटमारी, लुटपाटलगायत थुप्रै घटनामा पटक पटक जेल परिसकेका सुमन अहिले पनि अपराध धन्दामा सक्रीय छन् । उनको नाम सुन्ने वित्तिकै अहिले सिन्धुपाल्चोकका अधिकांश निर्माण व्यवसायी र व्यापारीहरु डराउने गर्छन् । किनकी उनले हतियारको आडमा ब्यापारीहरुलाई धम्काएर चन्दा आतंक नै मच्चाएका छन् ।
केही समयअघि मात्र लागुऔषध मुद्दामा पाँच वर्ष सजाय भुक्तान गरी जेलमुक्त भएका सुमन श्रेष्ठले व्यापारीलाई धम्काएर जबरजस्ती चन्दा आतङ्क मच्चाउन थालेको ब्यापारीहरु बताउँछन् । उनको केही गर्छन्की भन्ने डरले ब्यापारीहरुले प्रहरीमा उजुरी सम्म गर्न सक्दैनन् ।
को हुन् सुमन रु
सिन्धुपाल्चोक जिल्लाको जुकुल गाउँपालिका ३ घर भएका सुमन श्रेष्ठ ९ज्यापु० केही समयअघि मात्र लागुऔषध मुद्दामा पाँच वर्ष सजाय भुक्तान गरी जेलमुक्त व्यक्ति हुन् । प्रहरी रेकर्डमा लागुऔषध मुद्दा मात्र होइन, राजधानीमा हुने पाकेटमार समुहका नाईके भनेर उनको नाम दर्ता छ । उनले उपत्यकामा चल्ने सार्वजनिक सवारी साधनमा समूह नै बनाएर श्रेष्ठले पाकेटमारीको धन्दा सञ्चालन गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
सुमन पाकेटमारी, चोरी, लुटपाट जस्ता मुद्दामा पटक–पटक जेल पर्दै छुट्दै गर्ने व्यक्ति हुन् । अहिले उनको लुटेरा समूहसँग समेत कनेक्सन देखिएपछि उनिमाथि प्रहरीले थप निगरानी बढाएको छ ।