Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लागुऔषध सहित ६ जना पक्राउ

काठमाडौं । महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले यही माघ ५ गते बेलुका ललितपुर महानगरपालिका(९ बालकुमारी च्यासलबाट लागुऔषध सहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ्ग उर्लाबारी घर भई ललितपुर सातदोबाटो बस्ने वर्ष ३६ को राजु राई, वर्ष ३१ कि संजय राई, ईलाम घर भई ललितपुर बालकुमारी बस्ने वर्ष २५ को तस्विर लिम्बु, मोरङ्ग घर भई ललितपुर बालकुमारी बस्ने वर्ष २३ को आकाश लिम्बु, मकवानपुर हेटौंडा घर भई काठमाण्डौ कोटेश्वर बस्ने वर्ष २७ को सुनिल प्रजापति र ताप्लेजुङ्ग तामतुङ घर भई काठमाण्डौ बानेश्वर बस्ने वर्ष १९ को सुजन लिम्बु छन् । निजहरूको साथबाट डाईजेपाम, नुफिन र फेनारागन गरी जम्मा १६८ एम्पुल सिरिन्ज ९ पिस बरामद गरेको छ । घटना सम्बन्धमा आवश्यक अनुसन्धान भई रहेको छ ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल