Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लागूऔषधमा युवाको लत

काठमाडौं । बाँके, नेपालगंज उपमहानगरपालिका-४ बस्ने ३२ वर्षीय धिरेन्द्र श्रेष्ठलाई अवैध लागूऔषध ब्राउनसुगर ५ सय ७० मिलिग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट उक्त स्थानमा खटिएको प्रहरीले भे।२ प ५६०४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार श्रेष्ठलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
बझाङ, बित्थडचिर गाउँपालिका-३ स्थित सडकमा चैनपुरबाट धनगढीतर्फ जाँदै गरेको ना।८ ख १०७४ नम्बरको बसबाट अवैध लागूऔषध चरेश करिब १२ केजी फेला पारी सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी स्याडीबाट खटिएको प्रहरीले उक्त बस जाँच गर्ने क्रममा बसको सिटमाथि राखेको झोलाबाट उक्त परिमाणको लागूऔषध फेला पारेको हो । उक्त बसका चालक, सहचालक, बस धनी र बसमा सवार बैतडी सिगास गाउँपालिका-८ बस्ने ४० वर्षीय भान सिंह बोहरालाई अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

कपिलवस्तु, कृष्णनगर नगरपालिका-२ पिपलबोटबाट कृष्णनगर नगरपालिका-१ सेमरा बस्ने १९ वर्षीय अंकित यादबलाई नियन्त्रित लागूऔषध स्पास्मो २४ ट्याब्लेट र पाल्पा तानसेन नगरपालिका-१० तेल्घा बस्ने २३ वर्षीय प्रकाश कुँवरलाई नाईट्रोभेट ३० ट्याब्लेट र कोरेक्स १ सिसि सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले कृष्णनगरबाट बुटवलतर्फ जादै गरेको लु।१ ख ३९७१ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

रुपन्देही, रोहिणी गाउँपालिका-६ ललितपुर पकडिहवाबाट नियन्त्रित लागूऔषध स्पास्मो १ हजार ४ सय ४० ट्याबलेट, नाईट्राभेट १ सय ५० ट्याब्लेट र वानरेक्स जस्तो देखिने रातो रङ्गको झोल पदार्थ सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बुटवल उपमहानगरपालिका-९ बस्ने दिपनगर बस्ने ३९ वर्षीय अम्मर बहादुर बिक र नवलपरासी सुनवल नगरपालिका-७ अस्नैया बस्ने ३० वर्षीय मनोज कुमार पा क्षेत्री रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले लु।८ प ९३३८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी रुपन्देही, सिद्धार्थनगर नगरपालिका-८ अंचलपुरबाट नियन्त्रित लागूऔषध स्पास्मो १२ ट्याबलेट, नाईट्राभेट ५ ट्याब्लेट र कोरेक्स ४ बोतल सहित सिद्धार्थनगर नगरपालिका-७ बस्ने ४२ वर्षीय प्रकास पंगेनीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले लु।३० प ४६०२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक पंगेनीलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

सप्तरी, राजबिराज नगरपालिका-१६ स्थित नियन्त्रित लागूऔषध डाईलेक्स डिसी सिरप १ सय ४० बोतल सहित राजगढ गाउँपालिका-६ बस्ने ३८ वर्षीय अशोक यादवलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले स।१० प १३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा ग्याँस सिलिण्डरको पिंधमा प्वाल बनाई लुकाई छिपाई ल्याएको उक्त परिमाणको लागूऔषध फेला पारी चालक यादवलाई पक्राउ गरेको हो ।