Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लागूऔषधसहित तीन जना पक्राउ

काठमाडौं । सप्तरी जिल्लाको बोधेबर्साईन नगरपालिका ६ स्थित खम्गडा चोकबाट एपीएफ टोलीले भाद्र १२ गते विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । सोही ठाउँ बस्ने ३५ वर्षिय शत्रुधन रायलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश बोधेबर्साईनबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।
गस्तीमा खटिएको एपीएफ टोलीले निज रायलाई जाँच गर्दा उनको साथमा फेनारागन पाँच सय वटा, डाईजोपाम पाँच सय वटा र नोफिन चार सय ९८ वटा फेला परेपछि उनलाई पक्राउ गरिएकोे हो ।
एपीएफ टोलीले पक्राउ परेका रायलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय बोधेबर्साईनमा बुझाएको छ । यसैगरी पर्सा जिल्लाको विरगंज महानगरपालिका १६ स्थित रजतजयन्ती चोकबाट भाद्र ११ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित दुई जना पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत घर बताउने ३५ वर्षिय धर्मेन्द्र साह र १८ वर्षिय पिन्टुकुमार पासवान छन्् ।
उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । एपीएफ टोलीले उनीहरुलाई शंका लागि जाँच गर्दा तेलको ग्यालिन भित्र लुकाई छिपाई ल्याउँदै गरेको नोफिन तीन सय ९० वटा, डाईजोपाम चार सय वटा र फेनारगन चार सय १० वटा फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।


सम्बन्धित समाचार