Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लागूऔषधसहित तीन जना पक्राउ

रुपन्देही । रुपन्देही जिल्लाको रोहिणी गाँउपालिका २ स्थित लखौतियाबाट भाद्र २९ गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको ओम सतिया गाँउपालिका ४ बस्ने ३० वर्षीया सरिता यादव, ३१ वर्षीया नेमा यादव र सोही जिल्लाकै देवदह नगरपालिका १२ बस्ने ३५ वर्षीया आशा पठान छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट पजरकट्टीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आँउदै गरेका उनीहरुलाई गस्तीमा खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा नोफिन ५ सय २५ वटा, प्रोमेथाजिन ५ सय २५ वटा, डाईजापाम ५ सय २५ वटा तथा नाइट्रोजम २ सय वटा फेलापरेपछि पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।