Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लागूऔषधसहित दुई जना पक्राउ

सिरहा । सिरहा जिल्लाको भगवानपुर गाउँपालिका ३ स्थित अभयनगरबाट पौष २३ गते एपीएफ टोली र स्थानीय प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको सखुवानान्कारकट्टी गाउँपालिका ५ बस्ने २३ वर्षिय मोहमद अजिम र २४ वर्षिय मोहमद हस्मद राईन छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ईनरुवाबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले पक्राउ गरेको हो। स ६० प ९८०१ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुले उक्त मोटरसाईकलको डिक्कीमा लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा फेनारागन ४७ वटा, डाईजोपाम ४७ वटा र नरफिन ४७ वटा फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा उक्त मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल