Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लागूऔषध र लत्ताकपडासहित पक्राउ

पर्सा । पर्सा जिल्लाको बीरगंज महानगरपालिका १० बाट कार्तिक २ गते एपीएफ टोलीले लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका २ बस्ने ३० वर्षिय दिपेन्द्र लामा र सोही उपमहानगरपालिका ४ बस्ने ३१ वर्षिय फिरोज अन्सारी छन् ।
ना. १९ प १२६७ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल नम्वर १३ गण हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उनीहरुको साथमा ओरेक्स २८ बोतल फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले त्यसबेला उक्त मोटरसाईकल समेत बरामद गरेको छ ।
पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।
यसैबीच, सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ स्थित पूर्व–पश्चिम लोकमार्गबाट कार्तिक ३ गते एपीएफ टोलीले करीब ६ लाख ३९ हजार रुपैयाँ बराबरको अवैध लत्ताकपडा बरामद गरेको छ ।
बा ५ ख १४१० नम्बरको यात्रुवाहक बसमा अवैध रुपले ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले उक्त लत्ताकपडा बरामद गरेको हो ।
बरामद लत्ताकपडा भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाइएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले करीब ४ लाख ५८ हजार रुपैयाँ बराबरको अवैध लत्ताकपडा, मोटर्स
पाटर््स र हार्डवेयरका सामान बरामद गरेको छ ।
पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित बाईपास रोड ईलाकाबाट कार्तिक ३ गते उक्त समान बरामद गरिएको हो । बरामद सामान एपीएफ टोलीले स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।